काठमाडौँ मेडिकल कलेज आन्दोलनको स्वरूप परिवर्तन
साउन १३, काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका कर्मचारीहरूले साउन ११ गतेदेखि सेवा र सुविधाको माग राखेर आन्दोलन गरिरहेका छन् ।
अस्पतालमा कार्यरत कर्मचारीहरूलाई अस्पताल प्रशासनले गेटबाट भित्र प्रवेशमा रोक लगाएको आन्दोलनरत कर्मचारी राजेन्द्र प्रसाद सुवेदीले बताएका छन् । ।
एकलौटी रूपमा विनियम २०७७ लादिएकाले विरोध गर्नु परेको उनीहरूको भनाइ छ । गत आर्थिक वर्षको वृद्धि भएको तलव तथा कोभिड भत्ता अभिलम्भ प्राप्त गर्नु पर्ने, स्थायी प्रकृतिको काममा ठेक्का प्रथाद्धारा कर्मचारी नियुक्ति बन्द गर्नु पर्ने, निस्कासित गरिएको कर्मचारीको पुन;बहाली गर्नु पर्ने लगाएतको सात बुद्वे माघ राखेर नाराबाजी गरिरहेका छन् ।
कर्मचारीहरुलाई पूर्वजानकारी बिना नै निष्कासन गर्ने गरेको विरोधमा उत्रिएको कर्मचारीले बताएका छन् । कर्मचारीहरुले अस्पताल परिसरमा नाराबाजी गरेर सडकमा विरोध कार्यक्रम गरिरहँदा विभिन्न संघ, संस्थाका युनियनहरूबाट प्रतिवद्धता समेत व्यक्त गर्ने कार्य भइरहेको छ ।
विगत तीन दिनदेखि शुरू भएको कर्मचारीको विरोध कार्यक्रममा प्रशासनका तर्फबाट हालसम्म कुनै किसिमको सम्वोधन नभएको आन्दोलनमा सहभागि कर्मचारीले बताएका छन् । आफ्नो मागहरू सम्वोदन नगरेसम्म विरोध गरिरहने कर्मचारी युनियन स्वतन्त्रका सह–सचिव राजेन्द्र प्रसाद सुवेदीले जानकारी गराएका छन् ।
अस्पताल प्रशासनमा आन्दोलनको विषयलाई लिएर टेलिफोन वार्तालाभ गर्न प्रयास गर्दा प्रशासनबाट प्रमुख व्यक्तिहरू बाहिर भएको जानकारी गराए । आन्दोलनरत कर्मचारीको विषयमा जानकारी खोज्दा प्रशासनसँग जानकारी दिने व्यक्ति नै नभएको अस्पताल प्रशासनले बताएको छ ।
Watch the video here !
https://www.youtube.com/watch?v=HWF2y1QgBJE