SamwadKhabar logo

               

पत्रपत्रिका

पत्रकारलाई धम्की दिनेलाई कारवाहीको माग

देवराज रिजाल

देवराज रिजाल

पत्रकारलाई धम्की दिनेलाई कारवाहीको माग
साउन १७, काठमाडौँ । गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाउँदै धम्की दिनेलाई कारवाहीको माग गरेका छन् । पोखराका क्रियाशील पत्रकार अधिकारीले गण्डक न्यूज डटकमका लागि यही साउन ६ गते पोखरा–११ काहुँको कालिका माविमा व्यापार, सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने भिडियो शीर्षकमा समाचार लेख्नुभएको थियो । उक्त विषयलाई लिएर सो विद्यायलका प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने कृष्ण श्रेष्ठले लगातार फोन, म्यासेन्जर, एसएमएसमार्पmत धाकधम्की दिएको विज्ञप्तिमा उल्लेख छ । प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमार्फत कानूनी उपचार खोज्ने विकल्प हुँदाहुँदै धाकधम्कीमा उत्रिनु असह्य हर्कत भएको भन्दै सङ्घसंस्थाबाट प्रकाशित विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथि आघात पु¥याउने यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानूनी कारवाही गर्न जोडदार माग गरिएको छ । उक्त घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश, नेपाल पत्रकार महासङ्घ कास्की शाखा, अनलाइन पत्रकार सङ्घ गण्डकी, प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस सङ्गठन, फोनिज कास्कीलगायतका सञ्चारसँग आबद्ध सङ्घसंस्थाले विज्ञप्तिमार्पmत माग गरेका हुन् । पत्रकार महासङ्घ कास्की शाखाले घटनाका दोषीलाई कानूनी कारवाहीमा ल्याउन पहल नगरेको भन्दै प्रेस चौतारी नेपाल कास्की शाखाले महासङ्घको कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकारको पेशागत छाता सङ्गठनले दोषीमाथि तत्काल कारवाही गरी पीडितलाई न्याय दिन माग राखी महासङ्घको कार्यालयमा ताला लगाएको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले जानकारी दिनुभएको छ ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…