SamwadKhabar logo

               

अर्थ व्यवसाय

कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक जोडिँदै

देवराज रिजाल

देवराज रिजाल

कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक जोडिँदै
साउन २०, काठमाडौं । कालीकोट जिल्लामा दैलेख जिल्लाका तीन ठाउँबाट सडक जोडिने भएको छ । कालीकोटमा दैलेखका तल्लो डुगेश्वर, दुल्लु–कुशापानी डाडीमाडी–पीपलकोट हुँदै खुलालु मान्म, माथिल्लो–डुगेश्वर, दुल्लु, कुशापानी, कालीकोटको भर्ता हुँदै नाग्म र दैलेख सदरमुकामबाट महाबु, चिल्खाय, नाग्म हुँदै जुम्ला जोड्ने सडक निर्माण गरिएका हुन् । कालीकोट महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहका अनुसार दैलेखबाट निर्माण गरिएका तीनवटा सडक कालीकोट र जुम्लाको सिमाना नाग्मसम्म जोडिने छ । दैलेखका तीन ठाउँबाट कालीकोट जोड्ने सडक निर्माण भएका छन् । दैलेखतर्फको सडकखण्ड निर्माण भइसकको छ । कालीकोटतर्फको सडकखण्ड निर्माण हुन बाँकी छ । तीन ठाउँबाट सडक निर्माण भए सुर्खेतबाट कालीकोट र जुम्लाको सडक दूरी, बाटो छोटो हुने उहाँले जानकारी दिनुभएको छ । सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै कालीकोटको नाग्म पुग्न २०० किलोमिटर र दैलेखका तीन स्थानबाट कालीकोट सडक जोडिएमा ६० किलोमिटर छोटो दूरी हुने काली शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले बताउनु भएको छ । अहिले यी तीनवटै सडकमा काम चलिरहेको, कतिपय स्थानमा ग्राभेल, नाली र कालोपत्रको काम भइरहेको र केही ठाउँमा ठूला भिरमा चट्टान फोड्ने काम पनि जारी रहेको जानकारी उहाँले दिनु भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारले प्राथमिकतामा राख्न सकेका छैनन् । कालीकोटे महावै गाउँपालिकाका अध्यक्ष सिंहले दैलेखको सदरमुकाम हुँदै कालीकोटको महावै गाउँपालिका जोड्ने सडकको ११ किलोमिटरमा कडा चट्टान भेटिएको तथा कालीकोटको भैँसेगौडादेखि चिल्खाय हुँदै नाग्मसम्म आठ किलोमिटरमा चट्टान रहेकोे बताउनु भएको छ । “यी चट्टान फोड्न सके सडक निर्माणको काम सहज हुनेछ”, उहाँले भन्नुभयो, “यस सडकको कालीकोटको भैँसेगौडाको तिला नदीमा पुल निर्माण भइरहेको छ । पुल निर्माण भए यो सडक सञ्चालनमा आउने छ तर स्तरोन्नतिको काम गर्न जरुरी रहेको छ ।” कालीकोट शुभकालिकाका अध्यक्ष चौलागाईंका अनुसार कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक निर्माण भएमा आर्थिक वृद्धि र रोजगारीमा टेवा पुग्ने छ । अहिले सेरी पान्तडीको सडक निर्माण भइरहेको छ । दैलेखबाट कालीकोट जोडिने सडक यसैमा जोडिने, यी सडक निर्माण भए कालीकोटको आर्थिक विकास, रोजगारी, व्यापारलगायतका सम्भावना बढेर जाने उहाँले जानकारी दिनु भएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…