वीरगञ्ज, २४ साउन । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री दिलिप के.सी ज्यूसँग हाम्रो सम्वाददाता कृष्ण हुमागाईज्यूले महामारिमा वीरगञ्ज भन्सार नाकाबाट राजस्व संकलनको वर्तमान अवस्थाको बारेमा गर्नु भएको विशेष संवादको अंश ।
देश कोरोना महामारीको संकटमा परिरहेको बेला समग्र राष्ट्रको सबै भन्दा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालय विरगञ्ज भन्सारको अवस्था कास्तो छ ?
यस्तो महामारीमा नाका पनि प्रभावमा परि नै हाल्छ । खासगरी मानिसहरुको आवतजावतमा अलि कडाई गरिएको छ । त्यसबाहेक हाम्रो कार्गो मुभमेन्ट पनि अहिलेसम्म निर्वात रुपमा चलिरहेको छ । अन्य व्यापारहरू पनि पुरै ठप्प भएImport Export रोकिएको चाहिँ छैन । नियमित रुपमा भइरहेको छ । यस कोभिड महामारीको बिचमा पनि हामी कर्मचारीहरू काम गरिरहेका छौँ ।
पछिल्लो डेढ वर्ष यता कोरोनाकाल भन्दा अगाडि र कोरोना पछिको समयमा यस भन्सार नाकाबाट सामाग्रिहरू आयात र निर्यातमा चाहिँ कतिको प्रभाव परेको देखिन्छ ?
त्यति धेरै फरक चाहिँ छैन । कोरोना महामारीका कारण आन्तरिक खपत घटेकोले गर्दा केही असर देखिएको चाहिँ छ । त्यसैगरी लकडाउनमा गाडि मुभमेन्ट नभएको हुनाले नयाँ गाडिको रिर्पोटमा पनि कमी भएको छ । यी बाहेक अन्य दैनिक क्रियाकलापहरू नियमित रुपमा नै भैरहेको छ । Import र Export मा पनि त्यति देखिनेगरी कुनै प्रभाव परेको छैन ।
यस भन्सार नाकाबाट नेपालमा हरेक दिन कति राजस्व संकलन हुन्छ ?
राजस्वको हिसाबले भन्नुपर्दा दैनिक रूपमा पचास करोडदेखि सत्तरी करोडको हाराहारीमा राजस्व संकलन हुन्छ ।
पछिल्लो केही वर्षमा चाहिँ यहाँको राजस्व संकलनको अवस्था कस्तो रहेको छ ?
हाम्रो विगत चार पाँच वर्षदेखि राजस्व विभिन्न कारणले केही नपुगेको जस्तो भएको छ । समग्र भन्सारको कुरा गर्दा, गत वर्ष हाम्रो राजस्व १७१ अरब वार्षिक टार्गेट थियो । त्यसमा १७० अरब संकलन भएर झण्डै राजस्व लक्ष्यको ९९.६ ५ पुगेको जम्मा राजस्वमा हाम्रो ७० करोड जति पुगेको छैन । अझ दिनको हिसाबले भन्दा एक दिनको लक्ष्य बराबर नपुगेको र सत प्रतिशत पुगेको भन्न सकिन्छ ।
यसको कारण के हुन सक्ला ?
यसको कारण लकडाउन देखि लिएर विभिन्न संक्रमण हुनसक्छ । विगत तिन चार वर्षदेखि नपुगेकोमा यो साल चाहिँ पुगेको नै हो भन्नुपर्छ । यो साल राम्रो संकलन भएको छ र बढ्दो क्रममा छ ।
कुन कुन वस्तुहरूबाट सबैभन्दा बढि राजस्व उठेको छ ?
हाम्रो विशेष High duty र Daily consumption गरी पेट्रोलियम, गाडिहरू र औद्योगिक कच्चा पदार्थहरुबाट धेरै राजस्व आउँछ । त्यी बाहेक अरू सामान्य सामानबाट पनि आउछ । धान चामलहरू बढि आयात भएतापनि त्यसबाट ड्युटि कम आउनेहुनाले त्यसमा रेभिन्यु पनि कम हुन्छ ।
पछिल्लो एक महिनाको राजस्व संकलनको अवस्था कस्तो छ त ?
पछिल्लो असारको महिनामा हाम्रो जम्मा लक्ष्यभन्दा बढि प्रगति भएको छ । असारको वार्षिक रुपमा झण्डै १०६ ५ यानिकि १३ अर्ब राजस्व संकलन भएको छ ।
के हरेक महिनाको रेसियो एकै हुन्छ ?
त्यस्तो हुँदैन । हरेक महिनामा अनुपात फरक पर्छ । कुनै महिनामा १९÷२० हजार हुन्छ त कुनैमा १४÷१५ हुन जान्छ । अघिल्लो आर्थिक वर्षमा संकलन भएको आधारलाई लिएर यस वर्षको लक्ष्य तोकिएको हुन्छ । हिसाब गर्दा दुई तिन वर्षको रेसियो हेरेर लक्ष्य तोकिन्छ ।
भन्सार नाकामा Undervaluation गरेर भन्सार कार्यलयको योजनामा सामानहरु भित्राइन्छ भन्ने आरोप पनि लगाइन्छ । जस्तै एक करोड पर्ने सामान आएको छ भने ५० लाख मात्र देखाएर राजस्व संकलन गरिन्छ भन्ने आरोप छ नि ! यसमा के भन्नु हुन्छ ?
हाम्रो भन्सार विन्दुमा सामान्यतय टेक्नोलोजिदेखि लिएर अरु निग्रानी निकाय पनि हुने हुनाले भन्सार विभागले समेत आइ.पि क्यामेरादेखि लिएर Systematic conquered mechanics पनि हुने हुनाले Undervaluation को समस्या छ जस्तो मलाई लाग्दैन । तलमाथि होलान् तर कर्मचारीको संलग्नतामा त्यस्तो Undervaluation हुने समस्या याहाँ छैन ।
केही बर्ष यता विरगञ्ज भन्सारबाट सामाग्रीहरू आयातमा कमि आएको छ भनेर भनिन्छ नि ? के यो सत्य हो ?
मधेस आन्दोलनको समयदेखि नै नाकामा अवरोध भयो । व्यापारीहरू जुन नाकाबाट आयात गर्ने सजिलो हुन्छ त्यतै मष्खभचत भए । हाम्रो यस नाकाबाट मालसामानहरू ल्याउने व्यापारीहरू मधेश आन्दोलनको समयमा जो जहाँ—जहाँ जानुभयो, त्यहिबाट सहज भएको हुनाले फेरी नर्पmकिएको कारणले गर्दा मधेश आन्दोलनदेखि नै यस भन्सारबाट मालसामान आयतमा कमि भइरहेको छ ।
यो बाहेक बढि माल सामान आयात हुने नाका चाँहि कुन हो ?
यहाँ बाहेक अझै बढि आयात हुने भनेको भैरहवाको सुनौली भन्सार नाकामा हो । मधेश आन्दोलनदेखि नै भैरहवाबाट मालसामानहरू ल्याउने व्यापारीहरूको संख्यामा बृद्धि भइरहेको छ । केही बर्ष यता त्यस नाकाको बाटो पनि राम्रो र व्यवस्थित भइरहेकोले विरगञ्ज भन्सार बाहेक बढी आयात हुने नाका भैरहवाको सुनौली भन्सार हो ।
नेपालबाट सामान कति मात्रामा के—के निर्यात हुन्छ भन्ने रेर्कड हुन्छ ?
हजुर, निर्यातको लागि डाटा संकलन गरिने गरिन्छ । १०० रुपैँया बराबर आयात छ भने १० रुपैँया जति निर्यात हुन्छ । नेश्नल लेभलको आयातनिर्यात जति छ याहाँ पनि लगभग त्यति नै देखिन्छ ।
चोरी निकाषिबाट छलेर सामानहरु जुन आवतजावत हुन्छ, त्यसमा निग्रानी यहि भन्सारको हुन्छ कि अन्य अरु निकायको हुन्छ ?
निग्रानी भन्सारबाट पनि हुन्छ र अरू अन्य निकायबाट पनि हुने गर्छ । भन्सार अन्तरगत शसस्त्र प्रहरी र हाम्रो आफ्नै टोली कर्मचारीहरुको विभिन्न मुभमेन्ट हुन्छ । त्यसरी सामान पक्राउ गरियो भने जफत गरि कानुनी कारवाही अगाडि बढाइन्छ । गत आर्थिक वर्षमा पनि चोरी सम्बन्धि झण्डै १४ सय मुद्दाहरू दर्ता भएका थिए । त्यो अहिले कानुनी प्रक्रियामा छन् ।
मेरो मान्छेको सामानहरू छिटो पठाउनु पर्यौ, भनेर राजनीतिज्ञहरुको दबावहरू कतिको झेलिराख्नुभएको छ ?
भन्सार एैन नियमावली अनुरूप कायानर््वयन गर्नमा भन्सार अधिकृत अथवा कार्यलय प्रमुखलाई कसैले रोक्दैन । भन्सारका कर्मचारीहरुलाई माथिबाट राजनीतिक दवाब पनि आउँदैन । तर मिडियामा चाहिँ दबाव आउने कुरा देखिन्छ र सुनिन्छ ।
कतिपय कर्मचारीहरुले आफ्नो पोस्टिङमा समस्या आउला भनेर पनि नभनेका तर भित्री रुपमा त्यस्तो हुनेगर्छ भन्ने कुरा सुनिन्छ नि ?
कानुन बमोजिम गर्ने काम कानुन बमोजिम गरिएन भने सजायको भागिदार हुने हुनाले कतिपय कर्मचारीमा त्यस्तो डर हुन्छ । आफ्नो जागिर धरापमा राखेर कसैले पनि काम गर्न सक्दैन । कानुनी रुपमा नमिल्ने काम माथिल्लो पदका हाकिमहरूबाट यसरी गर्नुस भनेर भनिँदैन । कुनै कुनै मुद्दामा अलि छिटो गर्दिनुस भनेर चाहिँ कहिले काहीँ व्यवहारिक रुपमा इन्क्वाइरी गरिएको हुनसक्छ तर दबाव भने आउँदैन ।
अर्को Issue के पनि छ भने कति समयसम्म भन्सारमा सामानहरु अड्किएर बसेको र कुहिएको कति समाचारहरुमा देखिन्छ । विगतमा पनि केहि समय अगाडि खाद्यान्नका सामाग्रीहरु, फलफुलहरू भन्सारबाट पासआउट हुन नपाउँदा कुहिएर बसेको कुरा पनि खुलेको थियो । बोर्डरमा सामान आएको कति समयको अन्तरालमा कसरी कुन प्रक्रिया अन्तरगत छिराउनुहुन्छ ?
सामान छिराउँदा उहाँहरूबाट नै Self declaration हुन्छ र मेरो सामान आयो भनेर हाम्रो सिस्टममा प्रज्ञापन पत्र र अरू डकुमेन्ट इन्ट्रि गर्नुहुन्छ । सोहि दिन तत्काल जाचँ पास हुन्छ । यदि वहाँहरुले आवश्यक कागजात पेस गर्न वा अन्य निकायबाट अनुमति लिन सक्नुभएन भने चाहिँ केहि समय रोकिन्छ । त्यसबाहेक कुनै किसिमको समस्या हुँदैन । भन्सार एैनले पनि ६० दिनभित्र जाँच पास नगरेमा जफत लगायतका कार्य हुने व्यवस्था गरेको हुनाले अधिकाशं सामानहरू व्यापारीहरुको आफ्नो कुनै कारणले गर्दा एक दिन भन्दा दुई दिन रोकिँदैन ।