SamwadKhabar logo

               

पत्रपत्रिका

काठमाडौंमा आगामी सातादेखि विद्यालय खुलाउने तयारी

देवराज रिजाल

देवराज रिजाल

काठमाडौंमा आगामी सातादेखि विद्यालय खुलाउने तयारी
भदौ १७,काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खुलाउने तयारी गरेको छ। महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार आउँदो साताको सोमबार वा मंगलबारदेखि विद्यालय खुलाउने गरी तयारी अगाडि बढाइएको छ । उनका अनुसार महानगरले तीन दिनको संक्रमण अवस्थालाई हेरेर विद्यालय सञ्चालनबारे निर्णय लिने भने पनि संक्रमण दर कति भयो भने विद्यालय सञ्चालन गर्न सकिने भनेर तोकेको छैन। मात्र संक्रमण दर घट्दो क्रममा हुनुपर्ने भनिएको छ। त्यसैले आजदेखि तीन दिन महानगरमा संक्रमण दर घट्दो क्रममा रहे आगामी सातादेखि विद्यालय खुलाउने गरी निर्णय गर्ने महानगरको तयारी छ। सुवेदीले सञ्चालनमा आउने विद्यालयहरूले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताएका छन्। साथै, धेरै संख्या रहेका विद्यालयहरूले सिफ्ट अनुसार कक्षा सञ्चालन गर्नुपर्ने भनिएको छ। विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरेको र नगरेको भनेर नियमन गरिने महानगरले जनाएको छ। उपत्यकाका तीनजनै सिडिओको हिजो ९बुधबार० बसेको बैठकले स्थानीय पालिकाहरूले जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० सँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने आदेश जारी गरेसँगै महानगरले पनि विद्यालय खुलाउने तयारी गरेको हो।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…