SamwadKhabar logo

               

अर्थ व्यवसाय

अफगानिस्तानमा आकासियो बजार मूल्य, खाद्यान्न संकट हुने राष्ट्रसंघको चेतावनी

देवराज रिजाल

देवराज रिजाल

अफगानिस्तानमा आकासियो बजार मूल्य, खाद्यान्न संकट हुने राष्ट्रसंघको चेतावनी
भदौ १७, काठमाडौं । संयुक्त राष्ट्रसंघले हालै अमेरिकी सैनिक फर्किएको र तालिबान विद्रोहीले सत्ता कब्जा गरेको अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ। अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामिज अलाकबारोभले अबको एक महिनामै तीन अफगानमध्ये एक जनाले खान नपाउने अवस्था आउन सक्ने बताएका हुन्। ‘मानवीय हिसाबले अफगानिस्तानको अवस्था अहिले निकै तनावपूर्ण छ,’ अलाकबारोभले बुधबार भने,‘अहिले पनि देशका आधाभन्दा बढी बालबालिकाले अर्को छाक खानका लागि संघर्ष गरिरहेका छन्।’ अलाकबारोभका अनुसार ३ करोड ८० लाख जनसंख्या भएको अफगानिस्तानमा एक तिहाइ मानिसले अर्को छाक खान पाउनेरनपाउने टुंगो हुँदैन। संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले केही साताअघि खाद्यान्न ल्याएर लाखौं मानिसलाई बाँडेको थियो। विश्व खाद्य कार्यक्रमको डिपोमा रहेको खाद्यान्न सेप्टेम्बर अन्त्यसम्ममा रित्तिने अलाकबारोभको भनाइ छ। त्यसपछि थप खाद्यान्न ल्याउन २० करोड डलर रकम तत्काल चाहिने अलाकबारोभले बताए। उक्त पैसाको जोहो भने भइसकेको छैन। २० वर्ष अमेरिकी सेना अफगानिस्तानमा बस्दा ठूलो मात्रामा अन्तर्राष्ट्रिय सहयोग आउँथ्यो। अहिले त्यो क्रम रोकिएको छ। सत्ता कब्जा गरेका तालिबानहरूले अहिलेसम्म नयाँ सरकार बनाइसकेका छैनन् । उनीहरूले कस्तो सरकार बनाउँछन् र त्यो सरकारलाई कुन(कुन देशले मान्यता दिन्छन् भन्ने कुराले अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई गर्ने सहयोगमा असर पर्नेछ। अलजजिरा टेलिभिजनका अनुसार दुई साताअघि तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा बजार मूल्य आकासिएको छ। खाद्यान्नको मूल्य ५० र पेट्रोलियम पदार्थको मूल्य ७५ प्रतिशतसम्म बढेको छ। सरकारी कर्मचारीहरूले तलब पाउन सकेका छैनन्। बैंकहरूमा पैसा झिक्ने मानिसहरूको लामो लाइन लागेको छ। केही बैंकहरू अझै बन्द छन्। तालिबानहरूले सबै बैंक खोल्नेबार बैंकिङ एसोसिएसनका पदाधिकारीहरूसँग कुराकानी गरेका छन्।  

ताजा

सबै

लुम्बिनीमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा हजार बुद्ध मन्दिरको पूजा

७ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्…

कोटेश्वरमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन

७ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले आज कोटेश्वर क्षेत्रमा प्रदर्…

पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ

७ मंसिर, काठमाडौं । पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । पर्सा वीरगञ्ज…

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

७ मंसिर, काठमाडौं । आजदेखि कमलादीस्थित काठमाडौं प्लाजामा निःशुल्क पार्किङ गर्न पाइने…

लोकप्रिय

सबै

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

५ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका९, काँडाघारीस्थित अक्षरा स्कुलमा वेदा…

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…