SamwadKhabar logo

               

अर्थ व्यवसाय

भासिएकै सडकमा कालोपत्र

देवराज रिजाल

देवराज रिजाल

भासिएकै सडकमा कालोपत्र
भदौ २०, काठमाडौं । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ । कालोपोत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फीरूपमा सवारी साधन आवजजावत गरिरहेका छन् । सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम रहेको बताइएको छ । सडक भासिएर पहिरो जाँदा नजिकैका दुई घरसमेत जोखिममा परेका छन् । स्थानीय नेत्र कुँवर र नर्मदा कुँवरको घर जोखिममा परेको वडाध्यक्ष विजय मरासिनीले जानकारी दिनु भएको छ । जोखिममा परेका परिवारलाई तत्काल अन्यत्र आवश्यक रहेको उहाँले बताउनुभएको छ । गत वर्ष सोही स्थानमा थोरै मात्रामा सडक भासिएको थियो । यसैमाथि थप कालोपत्र गरेर टालिएको थियो । अहिले उक्त ठाउँमा पहिरो गएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घासबाट सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्र गरिएको छ । सडकका अन्य स्थानमा पनि पहिरो जाँदा नागरिक हैरान भएका छन् । उक्त सडकबाट गुल्मीको क्षेत्र नं २ का अधिकांश ठाउँ र छिमेकी जिल्ला बागलुङसम्मका सवारी साधन सञ्चालन हुने गर्दछन् ।

ताजा

सबै

लुम्बिनीमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा हजार बुद्ध मन्दिरको पूजा

७ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्…

कोटेश्वरमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन

७ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले आज कोटेश्वर क्षेत्रमा प्रदर्…

पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ

७ मंसिर, काठमाडौं । पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । पर्सा वीरगञ्ज…

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

७ मंसिर, काठमाडौं । आजदेखि कमलादीस्थित काठमाडौं प्लाजामा निःशुल्क पार्किङ गर्न पाइने…

लोकप्रिय

सबै

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

५ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका९, काँडाघारीस्थित अक्षरा स्कुलमा वेदा…

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…