SamwadKhabar logo

               

अर्थ व्यवसाय

वीरगञ्जबाट दुईवटा मालबाहक ट्रक नियन्त्रणमा

देवराज रिजाल

देवराज रिजाल

वीरगञ्जबाट दुईवटा मालबाहक ट्रक नियन्त्रणमा
भदौ २२, काठमाडौं । प्रहरीले विभिन्न सामानसहित दुईवटा ट्रक वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार राति साढे ११ बजे वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक सडकखण्डको बाटोबाट ना ३ ख ५१६५ र ना ३ ख ५५२५ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो । पुरानो मितिको प्रज्ञापन पत्रका साथ उल्लेखित मालवस्तुको सट्टा भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडालगायत अन्य मालवस्तु लोड गरी चितवन लैजाँदै गरेको सूचनाको आधारमा ती ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको हो । ट्रक रोकेर जाँच गर्ने क्रममा चालकहरु भागेकाले थप शंका उत्पन्न भएको प्रहरीको भनाइ छ । गाडीमा भएको प्रज्ञापन पत्र नं. ३ ख ५१६५ मा २०७७ माघ २२ गते र नं. ३ ख ५५२५ मा २०७८ साउन २१ गते लगायतका मितिको प्रज्ञापन पत्र भेटिएको थियो । बिल बिजकमा हाल सालैको मिति उल्लेख भएकाले गाडीमा सामानहरु प्रज्ञापन पत्र बमोजिम नरहेको हुन सक्ने भएकाले ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । ट्रक र समानको मूल्य ८० लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताएका छन् ।  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …