SamwadKhabar logo

               

अर्थ व्यवसाय

३ करोड का लागि आँखा अस्पतालमा नक्कली बम, तीनै जना पक्राउ

देवराज रिजाल

देवराज रिजाल

३ करोड का लागि आँखा अस्पतालमा नक्कली बम, तीनै जना पक्राउ
भदौ २७, काठमाडौं । पुरानो बानेश्वरमा रहेको मातृका आँखा अस्पताल अगाडि बम राख्ने तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरको टोलीले नक्कली बम राखी तीन करोड माग्ने तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ घर भई फुटुङ बस्ने आशिष कुँवर, उनका भाई अभिषेक कुँवर र रोल्पा कुरेलीका अम्मरबहादुर रोक्का मगर रहेका छन्। उनीहरुले गत २४ गते अस्पताल र अस्पतालका डाक्टरको घरमा बम राखेर ध्वस्त पारिदिने भन्दै ३ करोड मागेका थिए। सो पैसा नागढुंगामा लिई आउनु भन्दै आशिषले फोन गरेको एसएसपी अशोक सिंहले जानकारी दिएका छन् । एसएसपी अशोक सिंहका अनुसार पक्राउ परेकामध्ये आशिषले सोही अस्पतालमा आँखाको शल्यक्रिया गराएका थिए । त्यसक्रममा उनी अस्पताल प्रशासन र डाक्टरहरुसँग परिचित भएका थिए । प्रहरीका अनुसार कुँवरले एक सहकारीबाट १७ लाख रुपैयाँ ऋण लिएका थिए । तर चुक्ता गर्न सकेनन् । दाजुभाइले बेल्जियम जान पनि ‘एप्लाई’ गरेका थिए । तत्काल तिर्नुपर्ने रकम थिएन । सिंहका अनुसार आर्थिक समस्यामा परेका कारण तीन जनाले गलत बाटो रोजेको देखिन्छ । प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …