SamwadKhabar logo

               

वाग्मती प्रदेश

हिन्दू स्वयंसेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालद्वारा फेस सिल्ड र मास्क वितरण

संवाद खबर

संवाद खबर

हिन्दू स्वयंसेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालद्वारा फेस सिल्ड र मास्क वितरण
काठमाडौँ, माघ १९ । कोभिड–१९ को तेस्रो भेरिएन्ट ओमिक्रोन फैलिइरहेको अवस्थामा हिन्दू स्वयंसेवक संघ नेपाल एवं सेवा इन्टरनेशनल नेपालले देशका विभिन्न स्थानमा मास्क तथा फेस सिल्ड वितरण गरेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरू, बैंक तथा सहकारीहरूमा हिन्दू स्वयंसेवक संघ नेपालका कार्यकर्ताहरू पुगेर ६५८ थान मास्क तथा ४५६ थान फेस सिल्ड हस्तान्तरण गरेका हुन् । साथै तार्केश्वर नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकीसँगै विराट सनानधर्मसंस्कृति विद्यापीठ एवं शान्तिधाममा समेत ७११ थान मास्क तथा २५२ थान फेस सिल्ड उपलब्ध गराइएको छ । संघका उपत्यका विभाग कार्यवाह तुलसी न्यौपाने, महानगर कार्यवाह महेश सिंहलगायतको टोलीले उक्त सामग्री हस्तान्तरण गरेका छन् । महानगरीय प्रहरी वृत्त गौशालामा, महानगरीय प्रहरी बौद्ध, साथै भक्तपुरको महानगरीय प्रहरी परिसर, ट्राफिक प्रहरी कार्यालय लगायत स्थानमा जम्मा १५७० थान फेस सिल्ड तथा दुई हजार थान मास्क उपलब्ध गराइएको संघका उपत्यका विभाग कार्यवाह तुलसी न्यौपानेले जानकारी दिए । स्वास्थ्यकर्मीहरूलाई सहयोगार्थ विराटनगरमा नेपाल मेडिकल एसोसिएसनलाई पन्द्र कार्टुन मास्क र पाँच कार्टुन फेस सिल्ड हस्तान्तरण गरिएको सेवा इन्टरनेशनल नेपालको केन्द्रीय कार्यालयले जनाएको छ । बाँके, नेपालगञ्जमा ‘सुरक्षा मापदण्डको पालना गरौँ ! स्वास्थ्य नै जीवन हो !’ भनी चेतनामूलक सन्देश प्रवाह गर्दै मास्क र फेस सिल्ड वितरण गरिएको पनि संस्थाका प्रतिनिधिले जनाएका छन् । यस क्रममा जमुनाहा नाकादेखि भन्सार कार्यालय, चौलिक्का, ट्राफिक कार्यालय, गणेशमान चौक, वि.पी.चौकसम्म ड्यूटीमा रहेका प्रहरी जवान, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी एवं सर्वसाधारणलाई पाँच हजार मास्क तथा एक हजार फेस सिल्ड वितरण गरिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…