SamwadKhabar logo

               

वाग्मती प्रदेश

घडियाल गोही राप्ती नदीमा पन्ध्र वर्ष पछि छाडियो

देवराज रिजाल

देवराज रिजाल

घडियाल गोही राप्ती नदीमा पन्ध्र वर्ष पछि छाडियो
अतिसङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कुमरोजस्थित राप्ती नदीमा आइतबार छाडिएको छ । २० वटा घडियाल गोही गोही प्रजनन केन्द्र कसराबाट ल्याइएको कुमरोज सामुदायिक वनको ढुङ्गाघाटमा छाडिएको हो । एउटा भाले र १९ वटा पोथी गोही बूढीराप्ती उपभोक्ता समितिको नेतृत्वमा छाडिएको हो । उपभोक्ता समितिका अध्यक्ष हीराबहादुर गुरूङका अनुसार कुमरोज क्षेत्रमा १४–१५ वर्षअघि घडियाल गोही छाडिएको थियो । गुरूङले बताए त्यसयता पहिलोपटक घडियाल गोही छाडिएको हो । राप्तीमा छाडिएको गोही न्यूनतम १९ किलोदेखि अधिकतम २९ किलोसम्मका छन् । राप्ती नदी घडियाल गोहीका लागि उपयुक्त बासस्थान मानिन्छ । संरक्षण र पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले गोही छाडिएको उनले बताए । समितिका अध्यक्ष गुरूङले भने ‘अतिसङ्कटापन्न अवस्थामा गोही छ, यसको संरक्षण गर्नुपर्छ, गोही हेरेर पर्यटक आनन्दित हुन्छन्, यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डाक्टर बाबुराम लामिछाने राप्ती नदी घडियाल गोहीका लागि उपयुक्त बासस्थान रहे पनि संरक्षणमा चुनौती रहेको बताए । मानवीय कारण प्रमुख चुनातीका रुपमा रहेको उनको बुझाइ छ । माछा मार्न प्रयोग हुने जाल, बासस्थानमा ढुङ्गागिटी उत्खननलगायतका कारणले घडियाल गोही संरक्षणमा चुनौती रहेको लामिछानेले बताए । त्यस्तै, बाढी पनि अर्को चुनौतीको रुपमा रहेको र घडियाल गोही हुर्कने, बाँच्ने प्रतिशत ज्यादै न्यून हुन्छ’ । डा.लामिछानेले भने, ‘मान्छेका कारण अझ यसलाई प्रत्यक्ष असर गरिरहेको छ ।’ अघिल्लो वर्षको तथ्याङ्कअनुसार राप्ती र नारायणी नदीमा २३० वटा घडियाल गोही छन् । जसमध्ये आधाभन्दा बढी राप्ती नदीमा छन् । राप्ती गोहीका लागि उपयुक्त बासस्थान बन्दा अहिले यहाँ संख्या वृद्धि भएको उनले बताए । झन्डै ५ वर्ष घडियाल गोहीको गार्डको काम गरेका बूढीराप्ती उपभोक्ता समितिका सचिव ईश्वरी पाठक कुमरोजको जिन्दगानीघाटदेखि सौराहासम्म ३४ वटा घडियाल गोही रहेको बताउँछन् । पहिलेको तुलनामा मगर गोही धेरै रहे पनि पछिल्लो समय घडियाल गोहीको संख्या यस क्षेत्रमा वृद्धि भएको पाठकले बताए । तर, संरक्षणमा भने उनले पनि चुनौती देख्छन् । मान्छेले मार्ने, जालमा पर्ने, नदीमा विष हाल्नेजस्ता गतिविधिले घडियाल गोही संरक्षणमा चुनौती रहेको उनले बताए । राप्ती नदीमा गोही छाड्नुअघि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिएको थियो । बूढीराप्ती उपभोक्ता समितिका अध्यक्ष हीराबहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी–१२ का वडाध्यक्ष टीकाराम तिमल्सिना, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डाक्टर बाबुराम लामिछानेलगायतले मन्तव्य राख्दै घडियाल गोही संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा जुट्नुपर्ने बताएका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…