SamwadKhabar logo

               

कोशी प्रदेश

संघ कार्यालय निर्माणका लागि भूमिपूजन । केशव धामबाट विविध प्रकल्प सञ्चालन गरिने

संवाद खबर

संवाद खबर

संघ कार्यालय निर्माणका लागि भूमिपूजन । केशव धामबाट विविध प्रकल्प सञ्चालन गरिने
बिराटनगर । हिन्दू स्वयंसेवक संघ नेपाल, बिराटनगर सम्भागको सम्भाग कार्यलय भवन निर्माणका लागि भूमिपूजन एवं शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । वसन्त पञ्चमीको पावन अवसरमा भूमिपूजन गरिएको हो । बिराटनगर उपमहानगरपालिकाको मोतिराम टोलमा निर्माण गरिने संघकार्यालय केशव धामको भूमिपूजन कार्यक्रममा संघका सहराष्ट्रिय सहसंघचालक कल्याण कुमार तिम्सिनाले कार्यलय भवनको निर्माणमा बिराटनगर स्थानीयहरूको प्रमुख दायित्व रहेको बताउनुभयो । यस कार्यले संघको उद्देश्यअनुरूप समाजलाई सजग एवं जागृत तुल्याउँदै संगठित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । मुन्धुमविद् एवं ज्योतिर्विद डा. चन्द्रकुमार शेर्मा लिम्बु पपोहाङ्गले सेवा कार्यका माध्यमबाट शरीर शुद्धिकरण हुने, दानले धनको शुद्धिकरण हुने, ध्यानले मनको शुद्धिकरण हुने तथा तीर्थाटनले आत्मा शुद्धिकरण हुने कुरा उल्लेख गर्दै संघद्वारा भइरहेको पुनीतका निमित्त भूमिदान गर्नुहुने देवकिशन मुन्दडा एवं देवेनरा परिवारलाई सर्वोत्तम कार्य गरेकोभन्दै साधुवाद तथा आभार व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि, हिन्दू स्वयंसेवक संघका अन्तर्राष्ट्रिय संयोजक सौमित्र गोखलेले यस पवित्र भूमीमा निर्माण हुने बिराटनगर सम्भाग कार्यलय समाजलाई सेवा प्रवाह गर्ने एउटा माध्यम बन्ने बताउनु भयो । समाज सङ्गठिक गर्ने, संस्कार सहितको समाज निर्माणमा यस भूमिमा निर्माण हुने संघ कार्यालय, केशव धामले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । समग्र हिन्दू समाजद्वरा निर्माण गरिने यस केशव धामको माध्यमले प्रवाह हुने सेवा कार्यले सम्पूर्ण समाजलाई टेवा पुग्ने उहाँले बताउनु भयो। केशव धामका माध्यमबाट चलाइने प्रकल्पहरूबारे जानकारी गराउँदै संघका राष्ट्रिय सह प्रचारक रेवित कुमारले भन्नुभयो, ‘सम्भाग कार्यलय एउटा भवन अथवा एउटा कार्यालय या आवास मात्र होइन । यहाँ निर्माण हुने केशव धामबाट पाँच विविध प्रकारका सेवा प्रकल्पहरू सञ्चालन गरिनेछन् ।’ उहाँले केशव धामबाट समाजलाई प्रबोधन गर्ने धार्मिक साहित्य विकास केन्द्र, रक्तदानलाई कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्नका लागि केशव रक्तदाता समूह, चिकित्सा सेवा केन्द्र, युवाहरूलाई राष्ट्रिय भावनाले युक्त तथा चरित्रवान् व्यक्तिका रूपमा विकसित गराउन व्यक्तित्व विकास केन्द्र एवं रोजगारीमूलक शीपहरूको प्रशिक्षण गराउने शीप विकास केन्द्रका रूपमा प्रकल्पहरू चलाइने बताउनुभयो । बिराटनगर उपमहानगरपलिकाका मेयर भीम परजुलीले संघ जस्तो पवित्र कार्य आफूले अन्यत्र नदेखेको, निश्वार्थ भावले स्वयंसेवकहरु द्वारा गरिने सम्पूर्ण कार्यमा स्वयंले सहर्ष सहयोग गरिरहेको र गरिरहने प्रतिबद्धता जनाउनु भयो। उहाँले केशव धामका रूपमा भवन निर्माणपश्चात् यस कार्यलयले समग्र समाजको मेरुदण्ड बन्ने विश्वास व्यक्त गर्नुभयो। संघको सहराष्ट्रिय कार्यवाह महेन्द्र प्रसाद साह , बिराटनगर सम्भाग संघचाल सियाराम रौनियारलगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

१२ असार, काठमाडौं । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा रातभर वर्षाका कारण विर…

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

१२ असार, काठमाडौं । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । चिसङ्खुगढी …

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

जेठ २५, काठमाडौं । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमा…

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जेठ ४, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका …