SamwadKhabar logo

               

धर्मशास्त्र

रसुवाको चिलिमेमा अवस्थित तातोपानी मूल सुक्यो

देवराज रिजाल

देवराज रिजाल

रसुवाको चिलिमेमा अवस्थित तातोपानी मूल सुक्यो
माघ २८, काठमाडौं ।
उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानी मूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने आधार विहीन भएको हो ।
विसं २०७२ को भूकम्पसँगै विलय भएको तातोपानीको मूल पाँच वर्षपछि गत भदौमा यथास्थानमै फर्किए पनि सुक्खायामसँगै केही दिन अगाडि उक्त मूल पुनः सुकेको स्थानीय बासिन्दाले बताएका छन् । परम्परागतरूपमा नुहाउँदै आएको तातोपानी मूल सुकेसँगै तातोपानी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दामाझ चिन्ता छाएको छ । पर्यटकीय क्षेत्रको तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने उक्त तातोपानीको मूल सुकेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणसमेत घटेको छ । विशेषगरी प्रत्येक वर्ष कात्तिक र चैतमा नुहाउँदा शारीरिक रोग हट्ने मान्यता रहिआएको थियो । पानी पुनः फर्किएयता करिब १० हजार मानिसले नुहाइसकेका थिए । तातोपानीलाई व्यवस्थितरूपले उपयोग गर्न तत्कालीन समयमा कार्यरत ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआर पिएपी) मार्फत निर्माण भएका आकर्षक ढुङ्गेधारा तथा पोखरी अलपत्र परेका छन् ।
प्राकृतिक स्रोतका अधिकतम् उपयोग गराइ तातोपानी क्षेत्रका विपन्न व्यक्तिलाई उत्थान गर्न विसं २०५७ मै पूर्वाधार निर्माण भएको र यस्ता सामाजिक कार्यमा पर्यटन विज्ञ रामचन्द्र सेढाईँको अविस्मरणीय योगदान रहेको स्थानीय बासिन्दाले स्मरण गरे। एक जना मानिसले कम्तीमा तीन दिन नुहाउने तथा पोखरीमा डुब्ने चलन र संस्थागतरूपमा पोखरी तथा धाराको व्यवस्थापनले मानिसको चाप ह्वात्तै बढ्न थालेको अवस्थामा तातोपानीको मूल भूकम्पकै असरले सुक्ने भएको थियो । मानिसको चापलाई दृष्टिगत गरी बनाइएका दर्जनौं निजी होटलसमेत खाली हुँदै गएका छन् । भूकम्प अगाडिको समयमा तातोपानी नुहाउन वार्षिकरूपमा २० हजारभन्दा बढी मानिस त्यस स्थानमा पुग्ने गरेको स्थानीय व्यवसायी किमो तामाङ्नीले बताए।
अधिकांश समय चिसो रहने उक्त क्षेत्रमा दैनिक सयौँ स्थानीयवासीलाई समेत नुहाउन सहज हुँदै आएको थियो । विगतका समयमा रसुवाका अलावा नुवाकोट, धादिङ एवं मित्रराष्ट्र चीनको भू–भागमा बसोबास गर्ने सीमापारका छिमेकीसमेत आउने गरेका थिए । –रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…