SamwadKhabar logo

               

राजनीति

जनप्रतिनिधिको कार्यकाल सकियो फोहोर व्यवस्थापनमा तर सकिएन ल्याण्डफिलको प्रकृया

देवराज रिजाल

देवराज रिजाल

जनप्रतिनिधिको कार्यकाल सकियो फोहोर व्यवस्थापनमा तर सकिएन ल्याण्डफिलको प्रकृया
२८ माघ, २०७८ । भरतपुर महानगरपालिकामा दिर्घकालिन रुपमा फोहोर व्यवस्थापनको काम सुरु गर्न नपाउँदै जनप्रतिनिधिको कार्यकाल सकिएको छ । फोहोर व्यवस्थापनका लागि आफ्नै कार्यकालमा ल्याण्डफिल्ड साइट बनाउने जनप्रतिनिधिको उद्घोष थियो । विदेशीको भर पर्दा जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लाग्यो तर ल्याण्डफिल साइटको प्रकृया भने अझै सकिएको छैन । कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा फोहोर व्यवस्थापन गरिने भरतपुर महानगरले बताउँदै आएको छ । दुई देशबीच सम्झौता गरी रु एक अर्ब २५ करोड ९११।१४ मिलियन अमेरिकी डलरको लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्ने बताइएको छ। महानगर प्रमुख रेनु दाहालका अनुसार कोरियाली सरकारको सहयोगमा पहिलो चरणमा महानगरको फोहोर व्यवस्थापनको गुरुयोजना तयार गरिएको छ । महानगरको फोहोर व्यवस्थापनका बारेमा विस्तृत अध्ययनपछि प्रतिवेदन तयार गरिएको हो । दुई सरकारबीच ‘जीटुजी’ माध्यमबाट सम्झौता गरी काम अघि बढाउन लागिएको उनले जानकारी दिइन् । महानगरप्रमुख दाहालले भनिन्, “ कोरियाली सरकार र नेपाल सरकारबीच केही दिनमै सम्झौता गरी काम अघि बढ्छ ।” सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्झौता गर्नुपर्ने हुन्छ । पालिकाले विदेशी सहायता र सहयोग सोझै ल्याउन नपाउने भएकाले मन्त्रालय चरणबाट काम गर्नुपर्दा केही ढिलाइ भएको बताउँदै उनले भनिन्, “केही ढिलो भए पनि भरतपुर महानगरमा आधुनिक वैज्ञानिक ल्याण्डफिल्डसाइड बन्छ ।” सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ । मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुदत्त गौतमले सम्पूर्ण प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा फाइल पठाइएको बताए । उनले भने, “गएको डिसेम्बरमा काम सम्पन्न गर्ने तयारी थियो, कोभिडका कारण ढिलो भएको हो । केही दिनमा अर्थ मन्त्रालयले प्रक्रिया पूरा गरेर सम्झौता गर्ने भएको छ । ” कोरियाली सरकारले ल्याण्डफिल्ड साइड निर्माण गरी नेपाली कर्मचारीलाई तालिमसमेत दिएर परियोजना हस्तान्तरण गर्ने सहसचिव गौतमले जानकारी दिए । यसले महानगरभित्रको सबै फोहोरको व्यवस्थापन गर्छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले वडा नं ११ को आँपटारीस्थित जलदेवी सामुदायिक वनभित्रको नौ दशमलव नौ हेक्टर जमिनमा आधुनिक ल्याडफिल्डसाइड बन्ने बताए । सो ठाउँमा ल्याण्डफिल्ड साइड बनाउन सोधभर्ना जग्गा महानगरपालिकाले माडी नगरपालिका–१ मा खरिद गरिसकेको छ । यहाँ उपयोग गर्ने जग्गाभन्दा केही बढी जग्गा खरिद गरिएको हो । सुवेदीको भनाइमा ल्याण्डफिल्डसाइड सम्पन्न भएसँगै समग्र महानगरको फोहोर व्यवस्थापन सहज हुनेछ । अधिकांश फोहोरलाई पुनः प्रयोग गरी व्यवस्थापन गर्नैपर्ने फोहोरलाई मात्रै व्यवस्थापन गरिने छ । महानगरमा अहिले दैनिक ७० टन फोहोर सङ्कलन हुने गर्दछ । अत्याधुनिक उपकरणको प्रयोग गरी ल्याण्डफिल्डसाइड व्यवस्थित गर्न लागिएको उनले जानकारी दिए । महानगरपालिकाको वातावरण शाखा प्रमुख ई विराट घिमिरेका अनुसार सात ठाउँमा फोहोर सङ्कलन स्टेशन खडा गरिने छ । ती ठाउँबाट फोहोर ओसार्नका लागि साधनको व्यवस्थापन यही परियोजनाअन्तर्गत गरिने छ । कूल सङ्कलन हुने फोहोरको १० प्रतिशतबाहेक अरु फोहोर पुनः प्रयोगमा आउने उनको भनाइ थियो । दैनिक १०० टनसम्म फोहोरलाई व्यवस्थापन गर्नसक्ने गरी ल्याण्डफिल्डसाइड बनाउन लागिएको हो । हाल महानगरपालिकामा वडा नं १ देखि ५ सम्म वेस्ट म्यानेजमेन्ट प्रालि र ७ देखि १२ सम्म वातावरणीय सुन्दर नेपाल प्रालिसँगको सहकार्यमा फोहोर व्यवस्थापन गरिँदै आएको छ । बाँकी वडामा महानगरपालिकाले फोहोर व्यवस्थापन गरिरहेको छ । आयोजना सम्पन्न नभएसम्म निजी क्षेत्र र महानगर आफैँले फोहोरको व्यवस्थापन गर्ने शाखा प्रमुख घिमिरेको भनाइ थियो । कोरियाली सरकारको यो परियोजना सम्पन्न गर्न करिब तीन वर्ष लाग्ने अनुमान छ । हाल महानगरपालिकामा सङ्कलित फोहोरलाई भरतपुर महानगरपालिका–३ मा व्यवस्थापन हुदै आएको छ । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…