SamwadKhabar logo

               

राजनीति

मन्त्री आलेले पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न निर्देशन दिएका छन्

देवराज रिजाल

देवराज रिजाल

मन्त्री आलेले पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न निर्देशन दिएका छन्
३ फागुन, काठमाडौँ । पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएका छन् । फूल प्रसाद बिक्री गर्ने ठाउँ साँघुरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण सोमबार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुसँगको छलफलका क्रममा मन्त्री आलेले उक्त पसल व्यवस्थित ठाउँमा सार्न निर्देशन दिएका हुन् । नेपालका चार धाममध्ये पशुपति क्षेत्र एक भएको र पशुपति नाथ राष्टदेव भएकाले त्यहाँ सफा सुग्घर राख्न समितिका पदाधिकारीलाई निर्देशन दिए । मन्त्री आलेले भने, पशुपति नाथमा आउने भक्तजनलाई कुनै पनि कुराको असहज नहोस्, राष्ट्रदेव पशुपतिनाथ क्षेत्रलाई सुन्दर र सफा राख्नुस् । पशुपतिनाथ क्षेत्रमा फूल, प्रसाद बिक्री गर्दै आएका व्यापारीलाई उचित स्थानमा सार्न र उनीहरुका समस्या एक हप्तामा समाधान गर्नसमेत मन्त्री आलेले आग्रह गरे । फूल प्रसाद बिक्री वितरण गर्ने व्यापरारीहरुले आपसी सहमतिमा आफू बस्ने ठाउँको व्यवस्थापनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पशुपतिनाथ क्षेत्रमा सहयोग गर्न आग्रह गरे । उनले भने, पर्यटन मन्त्रीको पहलमा तपाईंहरुको व्यापार गर्ने ठाउँको व्यवस्था हुँदैछ, अनेकौँ बहाना गरेर बखेडा नगर्नुस्, आपसी सहमतिमा आफ्नो व्यापार गर्ने ठाउँ रोज्नुस् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…