SamwadKhabar logo

               

राजनीति

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली विरुद्ध अख्तियारमा उजुरी

देवराज रिजाल

देवराज रिजाल

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली विरुद्ध अख्तियारमा उजुरी
माघ ४, काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँमा उजुरी परेको छ । अध्यक्ष पराजुलीले करोडौँ रकम अनिमियतता गरेको आरोपमा उनलाई कारवाहीको मागगर्दै सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष तथा पत्रकार भीम लामाले निवेदन पेश गरेका छन् । उनी विरुद्ध गत ०७८ असोज ११ गते नै उजुरी दर्ता भएको हो । उक्त निवेदन उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि कारबाही प्रक्रिया अगाडी नबढाएको र पुनः सूचना माग गरेको उल्लेख गर्दै दर्ता शाखाका कर्मचारीकै लापरवाहीले गलत दर्ता नं. दिएकोले उजुरी फेला नपरेको जावाफ आएको लामाले बताएका छन्। उजुरी फाईलको बारेमा पुनः सूचना माग गर्दा उक्त फाईल उपर कारबाही प्रक्रिया बढाउँदै छ भन्ने जावाफ आएपनि करोडौँ रकम हिनामिना गरी राज्यकै विशिष्ठ श्रेणीको सेवा सुविधासहित गाडीमा हिडेकी अध्यक्ष कमला पराजुलीको विषयमा कुनै चासो नदेखाएको र तीन पटकको सूचना मागपछि उक्त फाईल अधिकृतको टेवलमा पुगेको सूचना शाखाका एक कर्मचारीले जानकारी दिए । पराजुली पूर्वप्रधानमन्त्री केपी ओलीको सरकारले आयोगमा नियुक्ति भएकी हुन् । पराजुलीले काठमाडौँ शंकरापुर नगरपालिका वडा नंं ९ स्थित इद्रायणी भन्ने ठाउँमा नेपाल सरकारले उपलब्ध गराएको २० रोपनी जग्गामा संकल्प नेपाल नामक संस्था मार्फत जेष्ठ नागरिक गृह निर्माण गर्न आर्थिक वर्ष ०७१/०७२ मा र पछिल्लो आर्थिक वर्ष ०७२/०७३ मा गरि दुई पटक समाज कल्याण कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक संरक्षणणको लागि अनुदान प्राप्त गरे पनि सोही क्षेत्रमा कुनै संरचना नभएको भन्दै उक्त कार्यमा प्रत्यक्ष संलग्न र अनिमियतताको देखिएको भन्दै अख्तियारमा उजुरी हलेको पत्रकार भीम लामाले बताए । पराजुलीले काठमाडौँ शंकरापुर नगरपालिका वडा नंं ९ स्थित इद्रायणी भन्ने ठाउँमा नेपाल सरकारले उपलब्ध गराएको २० रोपनी जग्गामा संकल्प नेपाल नामक संस्थाले जेष्ठ नागरिक गृह निर्माण गर्न आर्थिक वर्ष ०७१/०७२ मा रु। दुई करोड दश लाख र पछिल्लो आर्थिक वर्ष ०७२/०७३ मा रु। तीन करोड गरि दुई पटक समाज कल्याण कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक संरक्षणणको लागि अनुदान प्राप्त गरेको मन्त्रालयको रिर्पोटमा छ । करोडौँ रकम विनियोजित भएपनि सोही क्षेत्रमा निर्माण गरेको केही भवन झाडी उम्री लथालिङ्ग अवस्थामा रहेको, भवनहरु पूरा निर्माण भई नसकेको, भवन निर्माण नसकिदै जीर्ण र भत्किन लागेको र राज्य दोहनको कार्यमा प्रत्यक्ष संलग्न देखिएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको पत्रकार भीम लामाले बताए । नेपाल सरकारको तलब भत्ता खाने र आफुँले जिम्मा लिएको काम सम्पन्न नगरी विभिन्न व्यक्तिहरुको मिलोमत्तोमा जेष्ठ नागरिक गृह निर्माण गर्ने भनि कागज प्रमाणहरु मिलाई नेपाल सरकारलाई प्रत्यक्ष हानी नोक्सानी र स्थानीय समुदायमा समेत असर पर्ने काम गरेको अध्यक्ष पराजुलीलाई आरोप छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…