SamwadKhabar logo

               

अर्थ व्यवसाय

नेपाललाई १ खर्ब बराबर वैदेशिक सहायता प्रतिवद्धता

संवाद खबर

संवाद खबर

नेपाललाई १ खर्ब बराबर वैदेशिक सहायता प्रतिवद्धता
फागुन ८, काठमाडौं । चालु आर्थिक वर्ष २०७८÷०७९ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि दातृ निकायहरूबाट यस्तो प्रतिवद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ । जसमध्ये अनुदान सहायतातर्फ ६ अर्ब ८५ करोड २६ लाख र ऋणतर्फ १ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ बराबर रहेको छ । मन्त्रालयका अनुसार विश्व बैंक र एसियाली विकास बैंकबाट सबैभन्दा धेरै वैदेशिक सहायता प्रतिवद्धता आएको छ । विश्व बैंकले ‘फाइनान्स फर डेभलपमेन्ट पोलिसी क्रेडिट’ का रूपमा १५ करोड अमेरिकी डलर अर्थात् १८ अर्ब रुपैयाँ ऋण सहायता नेपाललाई उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । त्यस्तै, १० करोड डलर अर्थात् १२ अर्ब रुपैयाँ थप ऋण लिनका लागि वार्ता प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ । विश्व बैंकको ऋण सहायताकै रूपमा ८० मिलियन अमेरिकी डलर अर्थात् ९ अर्ब ६० करोड रुपैयाँ लिन लागिएको छ । विश्व बैंकले बङ्गलादेश, भुटान, भारत र नेपालमा सडक निर्माण तथा व्यापार क्षेत्रको कार्यक्रमका लागि उपलब्ध गराउँदै आएको ऋण सहायतामध्ये नेपालले यसवर्ष २५० मिलियन अर्थात् ३० अर्ब रुपैयाँ पाउनेछ । एसियाली विकास बैंकबाट ऋणका रूपमा ‘कस्टम एन्ड लजिस्टिक रिफर्म प्रोग्रामका लागि ५० मिलियन अमेरिकी डलर अर्थात् ६ अर्ब रुपैयाँ बजेटरी सहयताका रूपमा लिन लागिएको छ । एडीबीकै कार्यक्रमका रूपमा ‘नट एन्ड फ्रुट इन हिली एरिया’ आयोजना कार्यान्वयनका ६० मिलियन अमेरिकी डलर अर्थात् ७ अर्ब २० करोड रुपैयाँ ऋण र १० मिलियन अर्थात् १ अर्ब २० करोड रुपैयाँ अनुदान प्राप्त गर्ने प्रक्रियामा रहेको जनाइएको छ । युरोपियन युनियनबाट ‘सस्टेनेबल वास फर अल’ आयोजना कार्यान्वयनका लागि अनुदान सहायतका रूपमा २ अर्ब ६१ करोड रुपैयाँ लिने सरकारको तयारी छ । स्थानीय तह पूर्वाधार विकास सम्बन्धी कार्यक्रम सञ्चालनका लागि बेलायतले उपलब्ध गराएको १५० मिलियन पाउन्ड स्टर्लिङ अर्थात् २५ अर्ब रुपैयाँ अनुदान सहायता लिने तयारी सरकारको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …