SamwadKhabar logo

               

शिक्षा

पोखरा विश्वविद्यालयका विद्यार्थी दीक्षित

संवाद खबर

संवाद खबर

पोखरा विश्वविद्यालयका विद्यार्थी दीक्षित
फागुन ९, कास्की । पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् ।पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्राङ्गणमा आइतबार आयोजित १७ औँ दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म शैक्षिक कार्यक्रममा उत्तीर्ण ती विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ । दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन , विज्ञान तथा प्रविधि सङ्कायको स्नातकोत्तरतहमा ४९४, स्नातकतहमा दुई हजार ५२१ र स्वास्थ्य विज्ञान सङ्कायको स्नातकोत्तरतहमा ८४ र स्नातकतहमा एक हजार १४ जना छन् । यसैगरी मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गतको एमफिल तहमा ९७ , स्नातकोत्तरतहमा ९३ र स्नातकतहमा ५७ तथा व्यवस्थापन सङ्कायको स्नातकोत्तरतहमा एक हजार ६९६ र स्नातकतहमा पाँच हजार २०५ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।   उनका अनुसार दीक्षान्तमा विभिन्न विधाका ९३१ विद्यार्थी ‘डीन लिष्ट’मा पर्न सफल भएका थिए । तीमध्ये व्यवस्थापन सङ्कायको स्नातकोत्तरतहमा २१९ र स्नातकतहमा ३९०, स्वास्थ्य विज्ञान सङ्कायको स्नातकोत्तरतहमा १८ र स्नातकतहमा ९५, विज्ञान तथा प्रविधि सङ्कायको स्नातकोत्तरतहमा ५७ र स्नातकतहमा १३६, मानविकी तथा सामाजिकशास्त्र सङ्कायको एमफिलतहमा पाँच, स्नातकोत्तरतहमा छ र स्नातकतहमा पाँच विद्यार्थी छन् । दीक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने तीन जनालाई कुलपति पदक, स्नातकतहका विभिन्न विधामा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने आठ जनालाई उपकुलपति पदक र स्नातकोत्तरतहका विभिन्न विद्यामा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने १६ विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो । यसैगरी ‘कम्प्यूटर एप्लिकेशन’ स्नातकतहमा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने तीन विद्यार्थीलाई ‘ओसिइएम गोल्ड’ मेडलबाट विभूषित गरिएको सूचना अधिकृत ढकालले जानकारी दिए। विश्वविद्यालयको दीक्षान्त समारोहमा विगत तीन वर्षदेखि विविध कारणले हुन सकेको थिएन । समारोहमा शिक्षाविद् एवं काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा. सुरेशराज शर्माले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यसँगै सांस्कृति र ऐतिहासिक दृष्टिकोणले पनि निकै धनी रहेको उल्लेख गरे । उनले यस प्रदेशमा प्रखर चिन्तक, लेखक, कवि र विद्वान्को प्रचुरता रहेको, राम्रा विद्यापीठ रहेको तथा जलविद्युत् उत्पादनमा पनि अग्रणी रहेको बताए । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा. प्रेमनारायण अर्यालले पोखराकोे प्राकृतिक सम्पदा, मौलिकता तथा पहिचान झल्कने गरी शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई समेटी पोखरा विश्वविद्यालयले आफ्ना नीति तथा कार्यक्रमलाई विस्तार गर्दै लैजाने जानकारी दिए । दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, “तपाईहरू जस्ता जोश, जाँगर र सीपले निपुण दक्ष युवा विकसित र समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा मजबुत आधार र बलियो खम्बा हो । भोलि देशलाई कस्तो बनाउने, कुन दिशामा लैजाने हो तपाईरूमा नै निर्भर गर्दछ ।”

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…