SamwadKhabar logo

               

गण्डकी प्रदेश

भाेलिदेखि फेरि फेवातालको पानी सुकाइँदै, पाँच करोड लिटर पानी घटाउने तयारी

संवाद खबर

संवाद खबर

भाेलिदेखि फेरि फेवातालको पानी सुकाइँदै, पाँच करोड लिटर पानी घटाउने तयारी
फागुन ९, पोखरा। पोखरास्थित फेवातालको पानी फेरि घटाइने भएको छ। जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी गरी पानी सुकाउने जानकारी दिएको हो। सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको हो। सिँचाइको नहर यही कल्भर्टबाट बग्छ । पानी निरन्तर बगेकाले काम गर्न समस्या परेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ। सडककै आग्रहअनुसार १० फागुनदेखि पानीको सतह घटाउन लागिएको छ। ३० वैशाखसम्म बाँध खोल्ने र सतह घटाइने कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए । उनका अनुसार पहिलेजस्तो सुख्खा हुनेगरी सतह घट्दैन। ‘२० सेन्टिमिटर जति बाँध खोल्छौं। यसबाट पाँच करोड लिटर पानी बग्छ,’ उनले भने, ‘कल्भर्टको काम सकिनेवित्तिकै बाँध बन्द हुन्छ । पहिले जस्तो धेरै सतह अहिले घट्दैन।’ यसअघि पनि फेवाको बाँध मर्मतका लागि तालको पानी सुकाइएको थियो। तत्कालीन समयमा सतह निकै घटेकाले पर्यटकसमेत समस्यामा परेका थिए । अहिले भने महसुस नहुने गरी बाँध खोलिने बताइएको छ। ‘बढेको पानी फाल्ने हो। अहिले फाल्न लागेको बढी भएको पानी हो,’ आचार्य भन्छन्, ‘ड्याम बनाएपछि सतह बढेको छ । अहिले फेवाले बढी पानी होल्ड गरेको छ।’ ठेकेदार कम्पनीलाई पनि तोकिएकै समयभित्र फाष्ट ट्रयाकमा काम गर्न कार्यालयले सूचना जारी गरेको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगार…