SamwadKhabar logo

               

अर्थ व्यवसाय

एमसीसीमाथि छलफलको प्रस्ताव राख्ने अर्थमन्त्री शर्मा नै पर्वतमा

संवाद खबर

संवाद खबर

एमसीसीमाथि छलफलको प्रस्ताव राख्ने अर्थमन्त्री शर्मा नै पर्वतमा
फागनु १२, काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको कार्यसूचिमा अमेरिकी सहयोग सम्झौता एमसीसीमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्ने उल्लेख छ । संसद सचिवालयको सम्भावित कार्यसूचीको एक नम्बरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा अर्थमन्त्री शर्माले एमसीसी सम्झौतामाथि छलफलको प्रस्ताव राख्ने उल्लेख छ । तर, अर्थमन्त्री शर्मा भने राजधानी बाहिर हुनुहुन्छ । पर्वतमा आज हुने उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री शर्मा बुधबार नै कुश्मा पुग्नुभएको हो । बुधबार फर्कने टिकट समेत रद्द गरेर अर्थमन्त्री कुश्मामा बस्नुभएको हो । आज दिउँसो १ बजे बस्ने संसद बैठकमा अर्थमन्त्री शर्मा उपस्थित हुने सम्भावना क्षीण रहेको बुझिएको छ । एमसीसीका बारेमा उठ्ने प्रश्नहरुको जवाफ दिनुपर्ने भएकाले त्यसलाई छल्न अर्थमन्त्री राजधानी बाहिर गएको अनुमान गरिएको छ । यही फागुन ८ गते पनि अर्थमन्त्री शर्मा संसद बैठकमा अनुपस्थित भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी प्रस्ताव टेबल गर्नुभएको थियो । जनताले सर्वाधिक चासो राखेको विषयमा जवाफ दिनुपर्ने विभागीय मन्त्रीले वैठक छल्नु चाहीँ कति शोभनीय हो भन्ने प्रश्न उठेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …