SamwadKhabar logo

               

शिक्षा

बिना सूचना परीक्षा सारिएको विरोधमा विद्यार्थीले गरे तोडफोड

देवराज रिजाल

देवराज रिजाल

बिना सूचना परीक्षा सारिएको विरोधमा विद्यार्थीले गरे तोडफोड
१९ फागुन, काठमाडौँ । जनकपुरस्थित परीक्षा सारिएपछि विरोधमा राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीले तोडफोड गरेका छन् । गत बुधबार तय भएको परीक्षा बिना सूचना सारिएको विरोधमा वीवीए प्रथम वर्षका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विरोध गर्दै विश्वविद्यालयको प्रशासन शाखामा तोडफोड गरेका हुन् । विश्वविद्यालयले पटक/पटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरिएको विद्यार्थी आनन्द सहनीले बताए । ‘हामी परीक्षा दिन ११ बजे नै कलेज पुग्यो । तर, त्यहाँ परीक्षा स्थगित गरिएको सूचना टाँसिएको थियो । किन परीक्षा स्थगित भएको होला भन्ने जानकारी गराउन विश्व विद्यालयका कुनै व्यक्ति भेटिएन, प्रशासन शाखामा पनि कोही थिएनन् । त्यसपछि आक्रोशित विद्यार्थी नाराबाजी गर्दै तोडफोड गर्न पुगे,’ उनले भने । विद्यार्थीले प्रशासन शाखामा दराज, टेबल तथा डेस्क, बेन्च तोडफोड गरेको प्रहरीले जनाएका छन् । तोडफोड गरेको आरोपमा चार जना विद्यार्थीलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए । ६ महिनाभित्रै हुनुपर्ने समेस्टरको परीक्षा १ वर्ष बित्न लागे पनि आफूहरूले दिन नपाएको भन्दै उनले भने, ‘समयमा परीक्षा नलिएर विश्वविद्यालयले आफूहरूको जीवनसँग खेलबाड गरिरहेको छ । परीक्षाको सूचना पटक/पटक निकाल्छ र पटक/पटक स्थगित पनि गर्छ । त्यस्तोमा आफूहरूको भविष्य कस्तो होला ?  

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

१६ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यम…

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

१० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह ट्रान्सकृप्ट नदिएको भन्द…

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका प…