SamwadKhabar logo

               

राजनीति

नेकपा एकिकृत समाजवादी रोशीमा पार्टी वडा कार्यालय स्थापना

संवाद खबर

संवाद खबर

नेकपा एकिकृत समाजवादी रोशीमा पार्टी वडा कार्यालय स्थापना
फागुन २२, काठमाडौँ । नेकपा एकिकृत समाजवादी काभ्रे जिल्ला स्थित रोशी गाउँपालिका वडा नं. ३ कमिटिले वडा पार्टी कार्यालय स्थापना गरेको छ । शनिवार रोशी गाउँपालिका वडा नं. ३ स्थित छापमा कार्यक्रमका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी काभ्रे जिल्ला कमिटि सचिवालय सदस्य एवम् रोशी ईन्चार्ज लप्साङ लामाले पार्टी वडा कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले निर्वाचन समाजवादको यात्रालाई शसक्त बनाउन वडा कमिटिको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । विकास निर्माण र परिवर्तनको पक्षधारहरुको विचार र समूहबाट स्थापना भएको पाटी नेकपा एकिकृत समाजवादीले सबैको हित र पक्षमा आवाज उठाउने बताएका छन् । उनले पार्टी तथा संगठनमा आवद्ध सदस्य तथा कार्यकर्तालाई कोही कसैबाट हस्ताक्षेप र दबाब आएको खण्डमा पाटीले संरक्षण गर्न तयार रहेको बताए । त्यस्तै समाजवादी प्रेस संगठन नेपाल काठमाडौँका अध्यक्ष भीम लामाले संगठनलाई बलियो बनाउन र एकरुपता ल्याउन नेतृत्व विकास गर्नुपर्ने बताए । अध्यक्ष लामाले समाजवादी पार्टी समाजका हरेक वर्ग समुदायको हित र सबैलाई समावेश गरेर नेतृत्व प्रदान गर्ने पार्टी रहेकोले देशभरी लोकप्रिय बन्दै गएको बताए । पाटी कार्यालयको स्थापनाले नेतृत्व विकासको लागि बाटो खुल्ला भएको बताउँदै अबको बहस विकास निर्माण र युवाहरुको रोजगारको पक्षमा गर्नुपर्ने बताए । वडा कमिटिका अध्यक्ष सरोज लामाको अध्यक्षतामा भएको पार्टी वडा कार्यालय स्थापना कार्यक्रममा नेकपा एकिकृत समाजवादी रोशी गाउँपालिका कमिटिका आर्थिक विभाग प्रमुख च्यामा लामा, सदस्य चन्द्रकुमार थोकर, समाजवादी प्रेस संगठन काभ्रेका उपाध्यक्ष ज्ञानबहादुर थोकर, प्रेस संगठन काठमाडौँका सदस्य डिग श्रेष्ठ लगायत अतिथि रहेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…