SamwadKhabar logo

               

विज्ञान प्रविधि

नासा मिसनको पहिलो आकर्षक तस्बिरमा देखिएका चम्किला बादल

संवाद खबर

संवाद खबर

नासा मिसनको पहिलो आकर्षक तस्बिरमा देखिएका चम्किला बादल
फागुन २२, सीएनएन । लन्च गरेको दुई महिनामै नासाको नयाँ यन्त्र इमेजिङ एक्स–रे ले आफूले खिचेको पहिलो तस्बिर पठाएको छ जुन दृश्य वास्तवमै एकदम आकर्षक देखिन्छ । तस्बिरमा हामीले केसिओपीया ए को झलक देख्न सक्छौँ जुन सपरनोभा या विस्फोटित ताराको अवशेष हो । यसमा तारामा बाँकी रहेको अवशेषलाई घेरिरहेका ग्यासका बादल चम्किला बैगुनी रङका ग्यासका बादलले तारामा बाँकी बचेको अवशेषलाई घेरिरहेको देख्न सकिन्छ । यी बादलहरु विस्फोटनका बेला उत्पन्न झट्काले अत्यन्तै उच्च तापमानमा उत्पन्न गराएको हो । त्यसले ‘कस्मिक रे’ नामक अत्याधिक उच्च ऊर्जा विकिरण छ । नासा रोमका खोजकर्ता पाउलो सोफिट्टा भन्छन्, “आइएक्सपीइले पठाएको कोसिआपिया ए को तस्बिर वास्तवमै उकदम सुन्दर छ । र हामी अहिले त्यसका पोलरिमेट्री डाटाको विश्लेषण गरि सुपरनोभाका शेषबारे अझ धेरै जान्ने तरखरमा छौँ । ” यो मिसन नासा र इटालियन स्पेस एजेन्सीले संयुक्त रुपमा सञ्चालन गरेको हो । यसमा तीनवटा टेलिस्कोपहरु छन् । कोसिओपीया ए लाई पहिले अन्य टेलिस्कोपले पनि हेरिसकिएको थियो तर आएक्सपीले यसलाई अर्कै रुपमा देखाएको छ । आइएक्सपीइलाई ब्रह्मान्डका सबैभन्दा जटिल वस्तुहरु जस्तै सुपरनोभा, ब्ल्याकहोल र न्युरोन स्टार लगायतका फरक पक्ष क्याप्चर गर्न सक्ने किसिमले डिजाइन गरिएको छ । केसिओपीया ए सुपरनोभा पृथ्वीबाट ११ हजार लाइट–इयर्स टाढा रहेको छ । यो हाल एक विशाल तातो बबलका रुपमा छ जसमा ग्यासहरु फैीलरहेका छन् र सुपरनोभा विस्फोटनबाट उत्पन्न यो अहिलेसम्मकै कान्छो अवशेष हो । हाम्रो मिल्की वे ग्यालेक्सीमा यो ३४० वर्ष पुरानो रहेको मानिन्छ । यस सुपरनोभाको प्रकाश पहिलोपटक १६७० को दशकमा पृथ्वीसम्म पुगेको थियो । एक्स–रे विकिरण भनेको एकदम धेरै ऊर्जा भएको विकिरण हो जुन जटिल परिस्थितिबाट उत्पन्न भएको हुन्छ । र अन्तरिक्षमा तीन जटिल प्रक्रियामा शक्तिशाली चुम्बकीय क्षेत्र, विस्फोटन, उच्च तापमान र व्यापक चक्र पर्दछन् । तर पृथ्वीको वायुमण्डलले एक्सरे विकिरणलाई भुइँसम्म पुग्न दिँदैन । यसकारण नै वैज्ञानिकहरु अन्तरिक्षमा एक्स–रे टेलिस्कोपमा निर्भर हुन्छन् । यसरी क्यासिओपियाबारे आइएक्सपीइले संकलन गरेको डाटाले वैज्ञानिकहरुलाई दश लाइट इयर्स टाढा ताराको शेषमा ‘पोलराइजेसन’ अर्थात ध्रुवीकरण कसरी फरक हुन्छ भन्ने मापन गर्न मद्दत गर्नेछ । आइएक्सपीइको प्रयोग गरि कस्मिक–रे को ध्रुवीकरणबारे अध्ययन गर्नाले वैज्ञानिकहरुलाई विस्फोटित तारा, ब्ल्याक होल र न्युरोन स्टार अनि तिनका वातावरणमा केकसरी एक्स–रे विकिरण उत्पन्न गराउँछ भन्नेबारे अझ राम्ररी बुझ्न मद्दत गर्नेछ । यसले भौतिक विज्ञानको क्षेत्रमा धेरै ठूला रहस्यहरुको खुलासा गर्न सक्नेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्य…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य …

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

१९ असार, काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अ…