SamwadKhabar logo

               

अर्थ व्यवसाय

९४ करोडमा नयाँ भवन बनाउँदै भरतपुर महानगर

संवाद खबर

संवाद खबर

९४ करोडमा नयाँ भवन बनाउँदै भरतपुर महानगर
फागुन २३, चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको छ । रकम नपुग भएमा महानगरपालिकाले थप गर्ने छ । भूमिगत (अण्डरग्राउण्ड) पार्किङ सो भवन १४ हजार १५२ वर्गमिटरको हुने छ । महानगरको आफ्नो खर्चले धान्न मुस्किल हुने भएपछि संघ र प्रदेशबाट रकम जुटाएर भवन निर्माणको प्रक्रिया थालिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले भवन ३० महिनाभित्र सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको जनकारी दिए । भवनको भूमिगत तलामा ५० कार र २५० वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ । दुई बिघा १३ कठ्ठा १६ धुर जमिन रहेको क्षेत्रमा भवन बाहिर पनि पार्किङ र बगैँचा निर्माण गर्न ठाउँ रहने गरी भवन बनाउन लागिएको उनको भनाइ छ । भवनमा दुई लिफ्ट हुनेछन् । ज्येष्ठ नागरिक प्रतीक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहल, हरेक तलामा दुई÷दुई बैठक कक्ष हुने उनको भनाइ छ । भवनमा १५८ सानाठूला कार्य कक्ष रहने छन् भने २२१ कोठा रहने छन् । भवनका हरेक तलामा अपागमैत्री शौचालयसहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलग्गै शौचालय रहने छ । पूर्ण अपाङ्गमैत्री सो भवनले आउँदो ६० वर्षसम्म सेवा दिन सक्ने गरी नक्साङ्कन गरिएको सुवेदीले जानकारी दिनुभयो । हाल महानगरमा तीन लाख ६९ हजार जनसङ्ख्या रहेको छ । महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले भवन निर्माण भएसँगै महानगरवासीलाई सहजरुपमा सेवा प्रवाह गर्न सकिने बताइन् । हाल पुरानो र साँघुरो भवनबाट सेवा दिन परिरहेको छ । कतिपय महाशाखा र शाखा फरक फरक ठाउँमा हुँदा नगरवासीले झन्झट बेहोर्नुपरेको उनको भनाइ छ । उनले भनिन्, “अब आउने जनप्रतिनिधिले आधा कार्यकाल नयाँ भवनबाट सेवा दिन सक्नेछन् ।” भरतपुर क्षेत्रको उच्च ठाउँमा भवन हुने हुँदा महानगरको सहरी क्षेत्रको दृश्यावलोकन गर्न सक्ने आकर्षक भवन बन्ने उनको भनाइ छ । महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले जनप्रतिनिधिको मिहिनेतका कारण सङ्घ र प्रदेशबाट बजेट सुनिश्चतता भएकाले भवन निर्माण गर्न आर्थिक अभाव नहुने बताए । उनको भनाइमा आन्तरिक आम्दानीबाट पूरै खर्च बेहोर्नुपर्ने अवस्था आएको भए धान्न मुस्किल हुने र विकास बजेट कटौती गर्नुपर्ने अवस्था आउने थियो । रासस

ताजा

सबै

लुम्बिनीमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा हजार बुद्ध मन्दिरको पूजा

७ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्…

कोटेश्वरमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन

७ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले आज कोटेश्वर क्षेत्रमा प्रदर्…

पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ

७ मंसिर, काठमाडौं । पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । पर्सा वीरगञ्ज…

काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने

७ मंसिर, काठमाडौं । आजदेखि कमलादीस्थित काठमाडौं प्लाजामा निःशुल्क पार्किङ गर्न पाइने…

लोकप्रिय

सबै

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबीच संवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

५ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका९, काँडाघारीस्थित अक्षरा स्कुलमा वेदा…

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…