SamwadKhabar logo

               

शिक्षा

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्दै

संवाद खबर

संवाद खबर

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्दै
फागुन ३०, काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाले चैत १४ देखि २१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुलाईएको जानकारी दिएको हो । १८ वर्ष पूरा भई ३९ वर्ष पार नगरेका नेपाली नागरिकले अनलाइन मार्फत आवेदन दिन पाउने छन् । कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा आगामी वैशाख २९ देखि जेठ १३ गतेसम्म तथा दोस्रो परीक्षा जेठ २४ देखि असार १६ सम्म हुने आज (सोमबार) प्रकाशित सूचनामा उल्लेख गरिएको छ । त्यस्तै उत्पादन क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा आगामी असार २० गतेदेखि भदौ १० र दोस्रो परीक्षा भदौ १६ देखि असोज २१ गतेसम्म हुनेछ। उत्पादन क्षेत्रमा पढाई र सुनाई गरी १ सय पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक र कृषि क्षेत्रमा जान चाहनेले कम्तिमा ३६ अंक ल्याउनु पर्नेछ । परीक्षाको शुल्क २४ डलर तोकिएको छ भने परीक्षा केन्द्र र परीक्षा समयपछि जानकारी दिईने वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाले जनाइएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

५ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशि…

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

१२ कार्तिक, काठमाडौं । शनिवार भएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रत…

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

९ कार्तिक, काठमाडौं । विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्त…

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…