SamwadKhabar logo

               

राजनीति

चुनावअघि नै चुनिए वडा अध्यक्ष र सदस्य

संवाद खबर

संवाद खबर

चुनावअघि नै चुनिए वडा अध्यक्ष र सदस्य
चैत ४, हुम्ला । हुम्लाको एक गाउँपालिकामा चुनावअघि नै वडा अध्यक्षसहित सदस्यहरु चुनिएका छन् । जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीमा स्थानीयले स्थानीय तहको चुनावअघि नै जनप्रतिनिधि चुनेका हुन् । वडाध्यक्ष र सदस्य चुनेका उक्त गाउँपालिकाको ६ नम्बर वडाबासीले अब आगामी वैशाख ३० गते हुने चुनावमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष चुन्न मात्रै मतदान गर्दैछन् । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीबासीले गएको मंसिर ३० गते नै बैठक बसेर नयाँ जनप्रतिनिधि छानेका हुन् । नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले भने, ‘लिमीबासीले छुट्टै नीति–नियम बनाएको छ । यो नयाँ कुरा हुँदै होइन । यसअघि पनि यसरी नै चुन्दै आएका हौँ ।’ आफ्नो गाउँठाउँका लागि स्थानीयबासीले आफैँले जनप्रतिनिधि चयन गर्दै आएका उनले बताए । यो चलन उहिल्यैदेखि चल्दै आएको बताउँदै उनले भने, ‘लिमीबासी महत्वपूर्ण निर्णय गर्नुपरे कात्तिकको अन्तिम र मंसिरको पहिलो साता बैठक बस्दै आएका छन् ।’ उनका अनुसार सोही परम्परा अनुरुप गत मंसिर ३० गतेको बैठकले वडाध्यक्ष र सदस्यहरूको टुंगो लगाएको हो । उक्त बैठकले ६ नम्बर वडाको अध्यक्षमा फेरि पनि पाल्जोर तामाङलाई नै सर्वसम्मत गर्यो भने वडा सदस्यहरू चाहिँ सबै नयाँ छान्यो । पुनः वडा अध्यक्षको जिम्मेवारी पाएका तामाङ गाउँमा खाद्य संकट निम्तिएकाबेला गुहार माग्दै गत मंसिरमा सिंहदरबार काठमाडौं गएका थिए । पाँच दिने पैदल हिँडाइ र एक दिनको हवाई यात्रा पार गरेर मंसिर ७ गते काठमाडौं पुगेका उनको पहलकदमीबाट गाउँले चामल पाएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…