SamwadKhabar logo

               

धर्मशास्त्र

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान सुरु

संवाद खबर

संवाद खबर

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान सुरु
चैत ६,  काठमाडौँ । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गोष्ठीमा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो । गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो । प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली र विशिष्ठ अतिथि पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल, पूर्व मेजर जनरल नरबहादुर कँडेल सहित को आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिनाद्वारा राखिएको थियो भने साहित्य परिचय अभियानका सदस्य देवेश झाले गराउनु भएको थियो । कार्यक्रम संयोजक वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीले गर्नु भएको थियो । स्वागत मन्तव्य दिदै तिमल्सिनाले घर घरमा जागरण अभियान चलाउनुपर्ने बताउनुभयो । धर्म परिवर्तनलाई रोक्नुपर्ने कुरालाई जोड दिदै वहाँले अभियान कुनै राजनीतिक स्वार्थ बाट प्रेरित नभई समग्र हिन्दूहरूको धर्म संरक्षणका  लागि सञ्चालन गरिएको बताए । साहित्य परिचय गराउने क्रममा अभियानका सदस्य देवेश झाद्वारा गत साउन महिना देखि सञ्चालित उक्त अभियानबाट फोल्डर, स्टिकर र पुस्तिका मार्फत उद्देश्य र स्वाभिमान जागरणबारे तथ्यगत विश्लेषण प्रस्तुत गरिएको बताइयो । आफ्नो स्वास्थ्य जटिलताका कारण स्वयं उपस्थित हुन नसकेको अभियानका राष्ट्रिय संयोजक तथा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालको सन्देश पढेर सुनाइएको थियो । सबै हिन्दु धर्मावलम्बीहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै संयोजक कटुवालले सन्देश मार्फत हिन्दु राष्ट्रको माग सम्पूर्ण नेपालको स्वाभिमान संग जोडिएको विचार व्यक्त गर्नु भएका थिए । यसैगरी पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेलले धर्म विहिन राष्ट्र हुन सक्दैन बताउदै प्राचीनकाल देखि नै नेपाल एक वैदिक सनातन हिन्दु राष्ट्र रहँदै आएको र युग युग सम्म रहने दावी गर्दै धर्म, संस्कृति र परम्परा प्रथा विनाश हुनलाग्यो भने पुरानै अबस्थामा ल्याउन सबै हिन्दुहरूले आ–आफ्ना  स्थानबाट अभियानलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको थियो । नेपाली सेनाको अवकाशप्राप्त मेजर जनरल नरबहादुर कँडेलले नेपाल हिन्दु राष्ट्रको रुपमा रहँदा संसारभरका हिन्दूहरूको तिर्थस्थल रहने बताए । कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले नेपाल हिन्दु राष्ट्र भएको र मानव समाज रहेसम्म रहिरहने बताउनु हुदै आफ्नो अस्तित्व जोगाउनका लागि पनि यस अभियानमा जोडिनुपर्छ भन्नुभयो । राजनीतिक नेतृत्वको आलोचना गर्दै पूर्व प्रधानन्यायाधीशले नेताहरुले अनुचित लोभका कारण धर्म निरपेक्षता लाई जबर्जस्ती अंगालेको आरोप लगाउनुभयो । समापन मन्तव्य दिदै कार्यक्रम संयोजक तथा वास्तुविद् वासुदेवकृष्ण शास्त्रीले अभियानलाई ६६ जिल्ला सम्म पुर्याइएको चर्चा गर्दै वैदिक सनातन अखण्ड हिन्दु राष्ट्र नेपालमा शासन पद्धति जुनसुकै भएपनि हिन्दु राष्ट्र कायम हुनुपर्ने उल्लेख गर्नुभयो । अभियानका सदस्य प्रह्लाद रेग्मीद्वारा सञ्चालित उक्त कार्यक्रममा सामूहिक साहित्य विमोचन र ऋतु लामाद्वारा एकल गायन प्रस्तुत गरिएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…