SamwadKhabar logo

               

अर्थ व्यवसाय

उखु खेती छोड्दै किसान

देवराज रिजाल

देवराज रिजाल

उखु खेती छोड्दै किसान
६ चैत्र, काठमाडौँ । रौतहट, उखुको रकम भुक्तानीमा ढिलाइ हुने, विभिन्न किसिमका प्राकृतिक एवं जैविक प्रकोपका कारण उखु खेतिमा समस्या हुने गरेकाले र राज्यबाट पनि किसानका लागि आवश्यक सहयोग नपाएपछि पछिल्लो समय किसानहरु उखु खेती गर्न छोडेसँगै यस वर्ष उखु उत्पादन झण्डै आधा नै घटेको छ । रौतहटको मध्यभागमा रहेको श्रीराम सुगर मिल्स गत वर्षदेखि बन्द छ र अर्को कटहरिया नगरपालिकामा रहेको बाबा बैजुनाथ चिनी मिल सञ्चालनमा रहेपनि उखु उत्पादन घटेको कारण मिलको लक्ष्य पूरा हुन सकेको छैन । २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको बैजुनाथ चिनी मिलले यस वर्ष जम्मा छ लाख क्विन्टलको हाराहारीमा क्रसिङ गरेको मिलका सञ्चालक बैजुबाबराले बताउनुभयो । उखु अभावका कारण मिल सिजन अवधिभर नचलेपछि घाटा बेहोर्नुपरेको उहाँको गुनासो छ । जिल्लामा बर्सेनि ११÷१२ हजार बिघामा उखु उत्पादन हुँदै आएको जानकारी दिनुहुँदै उखु उत्पादक सङ्घ रौतहटका सचिव सफिन्द्र यादवले यस वर्ष पाँच÷छ हजार बिघामा मात्र उखु खेती भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विगतका वर्षको तुलनामा यस वर्ष आधा नै घटेको छ तर बैजुनाथ चिनी मिलको प्रभावकारी भुक्तानी पक्ष एवं उखु उत्पादनतर्फ किसानलाई अग्रसर गराउन गरेको गतिविधिले भने आउँदो वर्षमा उत्पादन बढ्ने पक्का छ । ”  

ताजा

सबै

रसुवाबाट २ किलो सुनसहित एकजना पक्राउ

७ मंसिर, काठमाडौं । रसुवाबाट २ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्…

एमाले सभाका लागि र्‍याली सुरु

७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज दरबारमार्गमा गर्ने सभाका ला…

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ…

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…