SamwadKhabar logo

               

धर्मशास्त्र

सिन्धुपाल्चोकमा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति तोडफोडः स्थानीय आक्रोशित

संवाद खबर

संवाद खबर

सिन्धुपाल्चोकमा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति तोडफोडः स्थानीय आक्रोशित
चैत ११, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–७ याङ्लाकोट मुन्थली डाँडामा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति बिहीबार बेलुकी अज्ञात समूहले तोडफोड गरेको छ । प्रदेश सरकारको बजेट र स्थानीय तहको समन्वयमा तीन वर्षदेखि बन्दै आइरहेको पर्यटकीय संरचना फुटाएर ध्वस्त बनाइएपछि स्थानीय आक्रोशित भएका छन् । जुगल गाउँपालिका–७ का अध्यक्ष दिलकुमार लामाका अनुसार पर्यटकीय प्रवर्द्धनको उद्देश्य बोकेर सुरुवाती २० लाख बजेटमा मुन्थली डाँडामा ५ फिटको बुद्धमूर्तीसहित अन्य परम्परागत संरचना ठड्याइएको थियो । ‘यहाँको झण्डै ६ रोपनी जग्गामा केही ठूला र साना गरी ६ वटा बुद्ध र अन्य बौद्ध धर्मसँग सम्बन्धित देवीदेवताका मूर्ति थिए, अन्य परम्परागत संरचना पनि टुक्राटुक्रा पारेर फुटाइएछ, यो घटनाले साह्रै चित्त दुखेको छ, ’ लामाले दुखेसो गरे । स्थानीय तह आएलगत्तै आफ्नो अगुवाइमा सुरु गरिएको योजना भत्काइएपछि तत्कालै सुरक्षाकर्मीलाई सूचना दिइसकेको उनले उल्लेख गरे । जिल्लाको सदरमुकाम चौताराबाट करिब ३० किलोमिटरको दूरीमा रहेको दुर्गम याङलाकोटसम्म कच्ची सडक जोडिएको छ । याङ्लाकोट गाउँपालिका क्षेत्रमा पुगेर तोडफोड घटनाबारे तीव्र अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । ‘शान्तिदूत बुद्धको मूर्ति यसरी तोडिनु पूरै दुखद भयो । यसबारे स्थलगत रुपमा गहिरो अनुसन्धान सुरु गरेका छौं । स्थानीय र शंकास्पद व्यक्तिलाई आवश्यक सोधपुछ चलिरहेको छ,’ एसपी अधिकारीले भने । बुद्धको मूर्ति तोडफोड हुनु बौद्ध धर्मकै अपमान भएको भन्दै तामाङ घेदुङ, बौद्ध संघ र समस्त सिन्धुबासीले नै सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् । नेपाल तामाङ घेदुङका जुगल अध्यक्ष फुलकाजी स्याङ्बोले यसले धार्मिक सहिष्णुतामाथि चोट पुगेको र यसले सिंगो देशलाई दुस्खी बनाएको बताए । ‘विवाद या द्वन्द्व हुनु छलफलको विषय भयो । तर, यसकै नाममा कुनैपनि धार्मिक मनलाई चोट पुग्ने काम गर्नुहुन्न, अझै हाम्रो गौरव विभूति बुद्धको मूर्ति तोडिनु झनै भयानक काम हो,’ उनले भने । स्थानीयका अनुसार रातारात मूर्ति तोडेर ढालिएको संरचनाको हेर्दा हतारमै घन, गलजस्ता सामाग्री प्रयोग गरिएको देखिन्छ । – कान्तिपुर

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…