SamwadKhabar logo

               

धर्मशास्त्र

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घर घरमा

देवराज रिजाल

देवराज रिजाल

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घर घरमा
१३ चैत्र, काठमाडौँ । पर्सा । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्जमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । वीरगन्ज स्थित जैन धर्मशालामा आयोजित गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली चलचित्रका नायक एवं समबोधी फाउन्डेशनका अध्यक्ष निलिख उप्रेतीले ईतिहार, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र नै रहेको बताए । उनले हिन्दु धर्म संस्कृति बैज्ञानिक संम्वत् छ, विज्ञानले पनि हिन्दु धर्म संस्कृति अनुसार नै चल्दै आएको छ यसलाई जर्गेना गर्न सकिएन भने, आउँने दिनमा नेपालबाट पनि विस्तारै लोप हुने उनले चिन्ता व्यक्त गरे । नेपालमा हिन्दु धर्म गौण हुदै गईरहेको छ, र बनावटी सिकिमको धर्मले छ्यापछ्याप्पै भईरहेको छ, उनले भने, ‘यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने हाम्रो अस्तित्व नै समाप्त हुन्छ ।’नेपाललाई नेपाली जनताकै कारण हिन्दु राष्ट्र गुमाउँनु परेका छौ । उनले भने, ‘हाम्रै देश, गाउँ, परम्परा, भाषा र रहन सहन थियो, हामी कहिना कहि चुतेर विदेशीहरुको प्रभावमा परी ठूलो गल्ती गरेका छौ जसको कारणले गर्दा हाम्रो परम्परा, मुल्य मान्यता दबिएको छ ।’       कार्यक्रममा नायक निखिल उप्रेती, राजनितिक विश्लेषक देवेश झा, बरिष्ठ समाजसेवी अशोक बैद्य, कार्यक्रम संयोजक माधव राजपाल, बाबा बजरंगी दास र अभियानका जिल्ला संयोजक सत्रुधन गिरीले ‘हिन्दुराष्ट्र नेपाल’ नामक तयार पारिएको पुस्तकको संयुक्त रुपमा विमोचन समेत गरेका थिए । एन प्याप्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, प्याप्सन नगर अध्यक्ष आलोक चौरसिया, संघका जिल्ला संघचालक ललन द्धिवेदी, हिन्दु स्वयंसेवक संघका विभाग सेवा प्रमुख रामेश्वर गुप्ता, आरएसएस रक्सौलका स्वयसेवक राजकुमार गुप्ता, काँग्रेस युवा नेता राकेश यादव लगायतले कार्यक्रमका अतिथिहरुलाई मायाको चिन्हो, तथा गम्छा ओढाई भव्य रुपमा सम्मान गरेका थिए । ह्जारौंको सहभागितामा सम्पन्न कार्यक्रममा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले तयार पारेको ‘हिन्दुराष्ट्र नेपाल’ नामक पुस्तक, जनचेतना मुलक फोल्डर र घर—घर हामी जाऔं आफनो धर्म आफै बचाऔं, धर्म निरपेक्षतालाई डाँडो कटाऔं हिन्दु राष्ट्र पुनः लेखाऔं नाला अंकित स्टीकर समेत वितरण गरिएको थियो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…