SamwadKhabar logo

               

अर्थ व्यवसाय

चैते धानको रोपाई सुरु

देवराज रिजाल

देवराज रिजाल

चैते धानको रोपाई सुरु
१४ चैत्र, काठमाडौँ । पर्सा, यतिबेला विभिन्न स्थानहरुमा चैते धानको रोपाई सुरु भएको छ । चैतको पहिलो हप्ता देखि जिल्लामा चैते धान रोप्न सुरु गरिएको हो । सिञ्चित क्षेत्र बढेपछि पर्साको ग्रामीण क्षेत्रमा यसवर्ष चैते धानको खेती बढेको हो । छोटो समयमा राम्रो उत्पादन हुने भएकोले पनि सिञ्चाईको सुविधा भएको स्थानमा किसानहरु चैते धान तिर आकर्षित भएका छन् । कृषि कार्यालयले यसवर्ष पनि विभिन्न सहकारी मार्फत ठूला सिंचाई योजना अन्तर्गत सिंचाई योजना वितरण गरेको छ । चैते धान लगाइने पर्साका आधाजसो खेतमा रोपाई भइसकेको छ । चैते धानको बीउ छनौंट गर्दा उन्नत जातको र स्रोत खुलेको स्थानबाट बीउ ल्याउनुपर्ने बिज्ञको भनाई छ । जिल्ला कृषि बिकास कार्यालय पर्साका अनुसार गुणस्तरीय र उन्नत जातको बीउ छनौट गर्न सकेमात्र उत्पादन १५ देखि २० प्रतिशत वृद्धि गर्न सकिन्छ । स्थानीय कृषकहरूको अनुसार छिटो पाक्ने र वर्षा सुरु नहुदै फल दिने बीउको छनौट गर्नुपर्छ । विशेषगरी हर्दीनाथ १ जातको धानको बीउ चैतमा लगाउने किसनाको रोजाईमा पर्छ । ब्याड राख्दा हिलो बीउ भन्दा धुलो बीउको ब्याड राख्दा राम्रो हुने जिराभवानी गाउपालिका वार्ड नम्बर १ जगतियाका कृषक रामेश्वर खवासले बताउनु भयो । उनका अनुसार ब्याड प्लाष्टिकले छोपेको बीउ राम्ररी उम्रने हुनाले धानको उत्पादनमा वृद्धि ल्याउ सकिने बताउनु हुन्छ ।तर स्थानीयतह भएपनी कृषकहरुलाई गाउँपालिका बाट केही सेवा प्रदान नपाएको उनले गुनासो गरे पर्सामा चैते धानको बीउ नपाउँदा पर्साका ग्रामीण क्षेत्रका किसानहरु चितवनको भरतपुर माडी बाट धानको बिउ ल्याउन बाध्य हुन्छ । पर्साका ग्रामीण क्षेत्रको उत्तरी भेगको बढ्नियार, मानवा, सथवल, रंगपुर, पटेर्वासुगौली, शंकरसरैया, हरैया, महादेवपट्टी, सुबर्णपुर, ठोरी, लगाएतका स्थानमा चैते धान धेरै मात्रामा लगाउने गरिन्छ । मौसमि सिंचाईले मात्रै चैते धानलाई नपुग्ने र जिल्लाको दक्षिण क्षेत्रमा सिंचाई कम हुनाले उतरी क्षेत्रमा बोरिङ सिचाईको भरमा पनी चैते धान लगाउने गरिएको हो । जिल्ला कृषि बिकास कार्यालय पर्साका अनुसार यस वर्ष जिल्लामा २ हजार हेक्टर क्षेत्रफलमा चैते धान रोपाई हुदैछ । जसबाट करिब साँढे ३ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा चैते धान रोपाई भएको थियो भने ४५ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

तीन महिनामा पाँच करोडको नुन बिक्री

तीन महिनामा पाँच करोडको नुन बिक्री

५ कार्तिक, काठमाडौं । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक …

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…