SamwadKhabar logo

               

राजनीति

कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने

संवाद खबर

संवाद खबर

कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने
चैत १४, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले गठबन्धनसँग सहकार्य गरेर नै स्थानीय तह निर्वाचनमा पार्टी सहभागी बन्ने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले अधिकांश सदस्यहरूले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोही अनुसार मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताव पास गर्ने बताउनुभयो । ‘केन्द्रीय समितिको बैठकमा अधिकांश साथीहरूले आवश्यक्ताको आधारमा, सिद्धान्तमा तालमेल, गठबन्धन गरेर जाँदा पार्टी बलियो हुने र आउने संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने परिस्थिति निर्माण हुनसक्ने किसिमको सल्लाह, सुझाव दिनुभयो,’ उहाँले भन्नुभयो, ‘कतिपय साथीहरूको मत गठबन्धन नगरीकन एक्लै पार्टी गएर पार्टीलाई परीक्षणमा राख्नुपर्छ, परिचय गर्नुपर्छ भन्ने आएको थियो ।’ महतले आज (सोमबार) सबै केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राखिसकेको र बैठकमा पार्टीलाई बलियो बनाउने भन्ने बारेमा छलफल भएको बताउनुभयो । बैठकमा ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ अभियानको मूल्याङ्कन भएकोसमेत जानकारी दिनुभयो । ‘छलफल आज टुंगिएको छ, भोलि तीन बजेको बैठकमा हामी निर्णय गर्छौं,’ उहाँले भन्नुभयो, ‘बोल्ने सिलसिलामा स्थानीय तहमा पार्टीको मजबुती, ‘घर घर जाऔं, नेपाली कांग्रेस जिताऔं’ अभियानको मूल्याङ्कन भयो ।’ बैठकमा कतिपय सदस्यले गठबन्धन नगरी कांग्रेस निर्वाचनमा जानुपर्ने धारणा राखेकोसमेत प्रवक्ता महतले बताउनुभयो । प्रवक्ता महतले पार्टीको अर्को केन्द्रिय समिति बैठक भोलि (मंगलबार) अपरान्ह ३ बजे बस्ने र केन्द्रीय समितिका सदस्यहरूको धारणाअनुसार नै सैद्धान्तिक निर्णयसहित प्रस्ताव पास हुने बताउनुभयो । ‘साथीहरूको सल्लाह सुझावका आधारमा प्रस्ताव तयार हुन्छ र भोलि तीन बजे केन्द्रीय समितिको बैठक बसेर हामीले निर्णय गर्नेछौं,’ उहाँले भन्नुभयो, ‘भोलि सैद्धान्तिक निर्णयसहित प्रस्ताव पास हुन्छ ।’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…