SamwadKhabar logo

               

शिक्षा

कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला

संवाद खबर

संवाद खबर

कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला
चैत १५, काठमाडौँ । कोरियाली भाषा परीक्षामा सामेल हुनेका लागि सोमबारदेखि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२२ र २०२३ मा दक्षिण कोरिया रोजगारी गर्न जान चाहनेका लागि यो भाषा परीक्षाको आवेदन खुलाइएको हो । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाका अनुसार पहिलो दिन सोमबार आठ हजार ३९४ जना आवेदन दिएका छन्, जसमा उत्पादनतर्फ छ हजार ४०८ जना र कृषितर्फ एक हजार ९८६ रहेका छन् । यो सङ्ख्या बिहान १० बजेदेखि अपराह्न ५ः१५ सम्मको हो । सोमबार बिहान १० बजेदेखि चैत २१ गते अपराह्न ५ बजेसम्म कुनै बेला अनलाइन आवेदन दिन सकिने व्यवस्था छ । कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै परीक्षा हुनेगरी तालिका सार्वजनिक भएको छ । कृषि तथा पशुपालन क्षेत्रका लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ । यस्तै उत्पादन क्षेत्रका लागि पहिलो चरणमा असार २० देखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० गतेसम्म भाषा परीक्षा हुने ईपीएस शाखाले जनाएको छ । यस्तै सीप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा वैशाख २६ देखि जेठ १३ गतेसम्म र दोस्रो चरणमा जेठ २४ गतेदेखि असार १६ सम्मको समय तोकिएको छ । उत्पादन क्षेत्रको सीप परीक्षण पहिलो चरणमा असार २० देखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० गतेसम्म हुनेछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…