SamwadKhabar logo

               

शिक्षा

उर्जाशील महिला समूहद्वारा क्षमता अभिवृद्धि तालिम सम्पन्न

संवाद खबर

संवाद खबर

उर्जाशील महिला समूहद्वारा क्षमता अभिवृद्धि तालिम सम्पन्न
मिनु तामाङ । चैत १५, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नंं ६, नयाँवस्तीमा उर्जाशील महिला समूहद्वारा आयोजना गरिएको १० दिने क्षमता अभिवृद्धि, नेतृत्व विकास एवम् उद्घोषण तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा गत चैत ६ गतेदेखि सुरु भएको सो तालिम आज समापन गरि सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका गोकर्णेश्वर नगरपालिका वडा –६ का अध्यक्ष रमेश अर्यालले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष अर्यालले १० दिनको छोटो अवधिमा पनि प्रशिक्षार्थीहरुमा निकै प्रगती पाएको भन्दै खुशी व्यक्त गरे । वडाबाट महिला लक्षित कार्यक्रम अन्तरगत विभिन्न सीप विकास एवम् क्षमता अभिवृद्धिमार्फत आत्मानिर्भर बनाउँदै आएको बताए । वडा अध्यक्ष अर्यालले उर्जाशील महिला समूहको कामलाई प्रशंसा गर्दै आगामी दिनहरुमा पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै वडा सदस्य नवराज लामाले तालिममा भाग लिएका प्रशिक्षार्थीहरुलाई शुभकामना दिदै आउने दिनमा पनि आफ्नो तर्फबाट थप कार्यक्रमहरु ल्याउन सहयोग गर्ने बताए । उनले प्रशिक्षार्थीहरुमा १० दिनमै आएको परिवर्तनले आफुलाई समेत थप उर्जा मिलेको बताए । समापन कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट ज्योती थापा र कला शर्माले आफ्नो अनुभव प्रस्तुत गरेका थिए । महिलाहरुमा नेतृत्व सहितको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित सो तालिममा प्रारम्भ खबरका प्रधान सम्पादक एवम् सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले प्रशिक्षकको भूमिका निभाएका थिए । कार्यक्रममा बोल्दै प्रशिक्षक भीम लामाले धर्यता र अनुशासनलाई ख्यालमा राखेर प्रशिक्षण गर्ने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गरे । करिब २९ जना प्रशिक्षार्थीहरु सहभागी रहेको सो तालिममा व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि एवम् मञ्चीय उद्घोषणका बारेमा जानकारी सहित अभ्यास गराएको प्रशिक्षक लामाले बताए ।   उर्जाशील महिला समूहकी अध्यक्ष संगीता घिमिरेको अध्यक्षतामा भएको सो समापन कार्यक्रम प्रशिक्षार्थीबाटै सञ्जु श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…