SamwadKhabar logo

               

धर्मशास्त्र

बिम्स्टेक बलियो बनाउन बौद्ध दर्शनको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री देउवा

संवाद खबर

संवाद खबर

बिम्स्टेक बलियो बनाउन बौद्ध दर्शनको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री देउवा
चैत १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । बिम्स्टेकको पाँचौँ शिखर सम्मेलनलाई आज (बुधबार) भर्चुअल माध्यमबाट सम्बोधन गर्दै देउवाले बिम्स्टेक क्षेत्रलाई जोड्न बलियो आधार बौद्ध दर्शन भएको बताएका हुन् । उनले भने, “गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्छ ।” यसैगरी, उनले जलवायु परिवर्तनको सम्बन्धमा कडा कदम चाल्नुपर्नेमा जोड दिए । जलवायु परिवर्तनको संकटले हिमाल र समुद्रबीचको जैविक सम्पर्कमा असर गरिरहेको भन्दै प्रधानमन्त्री देउवाले फर्कन नसक्ने गरी आउने संकटभन्दा पहिले नै कडा कदम चाल्नुपर्ने बताए । कोभिड–१९ ले बिम्स्टेक क्षेत्रमा पनि असर पारेकाले दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक कार्यक्रम कार्यान्वयनमा तीव्रता दिनुपर्नेमा उनले जोड दिए । उनले भने, “बिम्स्टेकले गरिबी योजना, यातायात सञ्जाल, आमजनता, इनर्जी र निजी क्षेत्रको लगानीमा व्यापक जोड दिनुपर्छ ।”

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…