SamwadKhabar logo

               

अर्थ व्यवसाय

कृषि कल सेन्टर प्रयोगविहीन

देवराज रिजाल

देवराज रिजाल

कृषि कल सेन्टर प्रयोगविहीन
१६ चैत्र काठमाडौँ । किसानलाई कृषिसम्बन्धि जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको किसान कल सेन्टर सरकारी उदासिनता र आर्थिकसँगै जनशक्ति अभावका कारण उक्त कल सेन्टर प्रयोगविहीन भएको हो। प्रयोग नहुँदा कल सेन्दर अलपत्र अवस्थामा छ। जानकी गाउँपालिका–४ खजुरामा अवस्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले गत आर्थिक वर्षदेखि उक्त कल सेन्टर सञ्चालनमा ल्याएको थियो। किसानलाई कृषिसम्बन्धी समस्या सहजै समाधान गर्न सकियोस् भन्ने उद्देश्यले कल सेन्टर सञ्चालन गरिए पनि अहिले प्रयोगविहीन छ। जसले किसानले समयमै कृषिसम्बन्धीका समस्या टिपाउन सकेका छैनन्। हप्ताको तीन दिन सञ्चालन हुँदै आएको थियो। उक्त कल सेन्टरमा करिब एक सयजति किसानले गुनासा तथा समस्या टिपाएका तालिम केन्द्रका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जनाए। प्रदेश सरकारको पाँच लाख रुपैयाँमा कल सेन्टर स्थापना गरिएको थियो। चालु आर्थिक वर्षका लागि उक्त बजेट बढाएर १५ लाखसम्म पु¥याएको छ। तर पनि उक्त कल सेन्टर प्रयोगमा आउन सकेको छैन। कार्यविधि परिमार्जनले गर्दा कल सेन्टर सञ्चालनमा समस्या भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ। तालिम केन्द्रमा रहेको पुरानो कोठालाई मर्मत गरेर मात्र पुनः सञ्चालनमा ल्याउने योजना थियो। तर, उक्त योजना पनि सफल हुन सकेको छैन। किसान कल सेन्टरलाई प्राथमिकता नदिइएको खजुराका अगुवा किसान गेहेन्द्र धितालले बताए। किसान कल सेन्टरका लागि आवश्यक कर्मचारी नियुक्त गर्न सकेको छैन। साथै आवश्यक उपकरणसमेत खरिद नहुँदा किसान सेवा सुविधाबाट वञ्चित हुनु परेको छ। तालिम केन्द्रका अर्का कृषि प्रसार अधिकृत विवेक पन्तले किसान कल सेन्टरलाई व्यवस्थित बनाउन प्रक्रिया सुरु गरिसकेको जनाए। वैशाखसम्ममा किसान कल सेन्टर पुनः सञ्चालनमा आउने उनको भनाइ छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …