SamwadKhabar logo

               

राजनीति

निर्वाचनमा सुरक्षा व्यवस्थाः स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्म

संवाद खबर

संवाद खबर

निर्वाचनमा सुरक्षा व्यवस्थाः स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्म
चैत १८, काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा अप्रिय घटना नहोस् भनेर निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ जारी गरेको छ। निर्देशिकामा विभिन्न प्रकारका सुरक्षा सम्बन्धी व्यवस्था गरिएको छ। स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्मको सुरक्षाको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। ‘जिल्ला निर्वाचन सुरक्षा समितिले मतदानको दिन मतदान केन्द्रमा रहेको सुरक्षा टोलीलाई आवश्यकता अनुसार थप मद्दत पुर्याउनको लागि कानून बमोजिम सबै किसिमको बल प्रयोग गर्न पाउने गरी सुरक्षाकर्मी सहितको घुम्ती टोलीको व्यवस्था गर्नेछ,’ निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिकामा भनिएको छ। घुम्ती टोलीले कुनै मतदान केन्द्रमा शान्ति सुरक्षा सम्बन्धी समस्या परेको जानकारी पाएमा तत्काल घटनास्थलमा पुगी शान्ति सुव्यवस्था कायम गर्ने कार्य गर्नेछ। घुम्ती टोलीले होहल्ला, हुलदङ्गा वा अरु कुनै अवाञ्छित कार्य गरी निर्वाचन कार्यलाई प्रतिकूल असर पार्न खोज्ने व्यक्ति वा समूहलाई सम्झाई बुझाई गर्ने कार्य समेत गर्नेछ। ‘यसरी सम्झाई बुझाई गर्दा समेत त्यस्तो होहल्ला, हुलदङ्गा वा अवाञ्छित कार्यमा नियन्त्रण हुन नसकी निर्वाचनको कार्यमा प्रतिकूल असर पर्ने देखिएमा त्यस्तो घुम्ती टोलीले प्रचलित कानून बमोजिम आवश्यक बल प्रयोग गर्न सक्नेछ,’ निर्देशिकामा भनिएको छ। निर्देशिकामा निर्वाचन सुरक्षाको लागि स्ट्राइकिङ्ग टोली समेत तयारी अवस्थामा राख्नुपर्ने जनाइएको छ। घुम्ती टोलीबाट सुरक्षा सम्बन्धी समस्या समाधान हुन नसकेको अवस्थामा स्थितिलाई नियन्त्रणमा लिनका लागि साधन स्रोत र अधिकार सम्पन्न सशस्त्र प्रहरी बल, नेपाल सहितको स्ट्राइकिङ्ग टोली तयारी अवस्थामा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ। जिल्ला निर्वाचन सुरक्षा समितिले जिल्लाको सुरक्षा वस्तुस्थितिको समीक्षा गरी आवश्यकता अनुसार विभिन्न किसिमका बम विष्फोटन सम्बन्धी खतरालाई प्रतिकार गर्न सक्ने नेपाली सेनाको बम डिस्पोजल टोली खटाउनेछ,’ निर्देशिकामा भनिएको छ। निर्वाचन सुरक्षाको लागि रिजर्भ सुरक्षा फौज पनि रहनेछ। निर्देशिकामा स्पष्ट शब्दमा लेखिएको छ, ‘जिल्ला निर्वाचन सुरक्षा समितिले सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाको विभिन्न स्थानमा आवश्यकता अनुसार रिजर्भ सुरक्षा फौज रहने व्यवस्था मिलाउनेछ।’ आवश्यक परेको स्थानमा हवाई सुरक्षा गस्ती पनि प्रदान गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ। ‘आयोगले गृह मन्त्रालयको समन्वयमा मतदानको दिन शान्ति सुरक्षाको स्थितिको निरन्तर निगरानी गर्न सुरक्षा टोली सहितको हवाई गस्तीको व्यवस्था गर्न सक्नेछ। यस्तो गस्तीले समस्याग्रस्त ठाउँमा तत्काल सुरक्षा टोली ओराली शान्ति सुव्यवस्था कायम राख्ने कार्य गर्नेछ,’ निर्देशिकामा उल्लेख छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…