SamwadKhabar logo

               

अर्थ व्यवसाय

प्रारम्भ खबरद्वारा प्रकाशित नयाँ वर्ष २०७९ को क्यालेन्डर विमोचन

संवाद खबर

संवाद खबर

प्रारम्भ खबरद्वारा प्रकाशित नयाँ वर्ष २०७९ को क्यालेन्डर विमोचन
चैत २६, काठमाडौं । प्रारम्भ खबरद्वारा प्रकाशित नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ । शुक्रबार एक कार्यक्रम गरि विमोचन सहित शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषद सदस्य एवम् गोकणेश्वर नगर इन्चार्ज पेमा छिरी शेर्पा, नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ का पुर्व सभापति एवम् बिपि संग्रहालयका सस्थापक अध्यक्ष परशुराम पोखरेल, नेकपा एकीकृत समाजवादी काभ्रे सचिवालय सदस्य ज्ञानेन्द्र तामाङ, प्रारम्भ खबरका सल्लाहकार डा रमेश शुभेच्छु, हिमालय मैत्री फाउन्डेसनका अध्यक्ष धर्मगुरु आचार्य अशोक घिसिङ थुप्तेन लामा, वरिष्ठ कलाकार श्रीकृष्ण सिम्खडा, सहिद पार्क यज्ञडोल वन उपभोक्त समितीका अध्यक्ष सुदर्शन सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्यकै क्रममा प्रारम्भ खबरका सल्लाहकार रमेश शुभेच्छुले प्रारम्भ खबरले स्थापनाकालदेखि नै समाजलाई सचेत र सजग गराउँदै आएको बताउनुभयो । समाजमा भएका विकृति विसंगती, भ्रष्टाचार र अनिमियतता विरुद्ध रचनात्मक शैलीमा समाचार सम्प्रेसन गरेको र साहित्यका  विषयमा समेत महत्वपूर्ण स्थान दिएको बताउनुभयो । त्यस्तै हिमालय मैत्री फाउन्डेसनका अध्यक्ष धर्मगुरु आचार्य घिसिङले सञ्चार माध्यमले समाजको हितको लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै सत्य तथ्य विषयवस्तु सहित नागरिकमाझ आउनुपर्ने सुझाव दिनुभयो । साथै धर्मगुरु आचार्यले आफ्नो क्षेत्रबाट प्रारम्भ खबरलाई गर्नुपर्ने साथ सहयोग गरिने बताउनुभयो । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. ३ का पूर्व सभापति एवम् बीपी संग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष परशुराम पोखरेलले प्रारम्भ खबरलाई शुभकामना दिदै स्थापनाकालदेखि प्रारम्भ खबरले गोकर्णेश्वर नरपालिकाभित्र खबरदारी सहित समाचार प्रकाशन गर्दै आइरहेकोमा धन्यवाद दिनुभयो । प्रारम्भ खबरले सञ्चार मूल्य मान्यतालाई कायम गर्दै समय–समयमा सचेत र सजग बनाउन सहयोग पु¥याउँदै आएको बताउनुभयो । अध्यक्ष पोखरेले आफू राजनीतिक व्यक्ति भएको उल्लेख गर्दै पार्टीभित्र देखिएको गलत आचारणको सुधार गरी असल नेतृत्व स्थापित गराउन मिडियाले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उनले कार्यक्रम बोल्दै आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाट उम्मेद्वारी दिने घोषणा समेत गर्नुभयो । आफ्नो क्षमता, योग्यता र योगदानका आधारमा पार्टी नेतृत्वले मेयर पदका लागि आफूलाई उम्मेद्वारी बनाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य एवम् शिक्षासेवी हरिकृष्ण श्रेष्ठले प्रारम्भ खबरलाई शुभकामना दिर्दै अगामी दिनमा आफ्नो साथ सहयोग रहने बताउनुभयो । उहाँले पनि गोकर्णेश्वर नगरपालिकाको मेयरका लागि एमालेबाट आफू उम्मेद्वारको घोषणा गर्नुभयो । नेता श्रेष्ठले आफ्नो योगदान र क्षमताका आधारमा पार्टी नेतृत्वले उम्मेद्वार बनाउनेमा विश्वास व्यक्त गर्नुभयो । निकै लामो समयदेखि शैक्षिक, सामाजिक एवम् राजनीतिक क्षेत्रमा काम गर्दै आउनुभएका श्रेष्ठले काठमाडौँ क्षेत्र नं. ३ र गोकर्णेश्वर नगरपालिकाभित्र आफ्नो परिचित रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै नेकपा माओवादी केन्द्र बागमति प्रदेश परिषद सदस्य एवम् गोकर्णेश्वर नगरपालिका इन्चार्ज पेमा छिरि शेर्पाले नगरपालिकाबाट माओवादी केन्द्रबाट मेयर पदमा उठ्ने दावी गर्नुभयो । पार्टीबाट सहमति सहित आफ्नो उम्मेद्वारी रहने बताउनुभयो । उहाँले प्रारम्भ खबरलाई शुभकामना दिनुहुँदै आगामी दिनहरुमा आफ्नो तर्फबाट साथ र सहयोग गरिने बताउनुभयो । त्यस्तै नेकपा एकीकृत समाजवादी काभ्रेपाल्चोक जिल्ला सचिवालय सदस्य एवम् सफल व्यवसायी ज्ञानेन्द्र तामाङले सञ्चार माध्यमको महत्व र अस्तित्वबारे विचार राख्दै प्रारम्भ खबरलाई शुभकामना दिनुभयो । उहाँले सञ्चार माध्ष्यमबाट समाज रुपान्तरणका लागि आम नागरिक र राज्य संयन्त्रलाई सचेत र सजग बनाउन सहयोगीको भूमिका निर्वाह गरेको बताउँनुभयो । शुभकामना दिदै आगामी दिनमा प्रारम्भ खबरलाई सहयोग गरिने वाचा गर्नुंभयो । अतिथिहरुमा एटि बर्गर हाउस बौद्धका सञ्चालक अमर लामा, रामेछाप फुलासीका समाजसेवी तथा युवा नेता प्रताप तामाङ, गोपिलाल घिसिङ, श्यामकाजी मगर, डम्बर मगर लगायत उपस्थित रहनुभएको थियो । कार्यक्रममा प्रारम्भ खबरका प्रधान सम्पादक भीम लामाले स्थापनाकालदेखि नै विकृति र विसंगति विरुद्ध कलम चलाउँदै आएको बताउँदै सूचना हकको प्रवलीकरणमा आफ्नो क्षेत्रबाट योगदान पु¥याउँदै आएको बताउनुभयो । प्रारम्भ खबरले व्यवसायिक पत्रकारिताको मूल धर्मलाई अंगिकार गर्दै मार्यादित र अनुशासित तरिकाले विषयगत समाचार तथा सूचना प्रवाह गराउँर्दै आएको सम्पादक लामाले बताउनुभयो । नयाँ वर्षको क्यालेण्डर विमोचन गर्दै आगामी दिनहरुमा पनि प्रारम्भ खबरले सत्य तथ्य एवम् निष्पक्ष रुपमा सूचना प्रवाह गर्ने प्रतिवद्धता गर्दै नयाँ २०७९ सालको शुभकामना समेत प्रदान गर्नुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …