SamwadKhabar logo

               

अर्थ व्यवसाय

कोरोनापछि माछाका भुरा बिक्रीमा कमी

संवाद खबर

संवाद खबर

कोरोनापछि माछाका भुरा बिक्रीमा कमी
चैत २८, काठमाडौँ । शुक्लाफाँटा नगरपालिका– १ खजुवापट्टिका पल्टु चौधरी आफूले उत्पादन गरेको माछाका भुरा बजारमा बिक्री नहुँदा समस्यामा परेका छन् । कोरोनाको सङ्क्रमणका कारण ह्याचरीमा उत्पादन भएका भुरा बिक्री नहुँदा उनले घाटा व्यहोर्नु परेको बताएका छन् । प्रतिवर्ष रु २५ लाखदेखि रु ३० लाखसम्मका विभिन्न जातका झण्डै तीन करोड माछाका भुरा बिक्री हुँदै आएका थिए । कोरोनाको सङ्क्रमणपछि भएको बन्दाबन्दीका कारण थोरै मात्र माछाका भुरा बिक्री गर्न सकिएको छ। “कोरोनाको सङ्क्रमणपछि भुरा खरिद गर्ने ग्राहक थोरै आउदा रु सात लाख जतिको भुरा मात्रै बिक्री गर्न सके”, उनले भने, “उत्पादन गरेका भुरा बिक्री नहुँदा पोखरीमा थन्क्याउनुप¥यो । बिक्री नै भएनन् । पोखरीमा अधिक माछा हुँदा फस्टाउन नसक्दा निकै घाटा लागेको छ ।” हाल कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि ग्राहक आउन थालेको उनको भनाई छ । “भुरा खरिद गर्ने ग्राहक आउन थालेका छन्”, उनले भने, “पहिला जस्तो सङ्ख्यामा छैनन् । थोरै छन् । पहिला जस्तै भुराको कारोबार हुनेमा आशावादी भएका छौँ ।” ठूलो सङ्ख्यामा कमन, ग्रास, सिल्भर, विगेट, रहु, नैनी, भ्याकुर र सुधारिएका जातका माछाका भुरा उत्पादन गर्ने व्यवसायीका रुपमा जिल्लामै पल्टु परिचित रहेका छन । ह्याचरीमा उत्पादन भएका माछाका भुरा सुदूरपश्चिमका सात वटा जिल्लासहित बर्दियासम्म बिक्री हुने गरेका छन् । माछापालकले ह्याचरीमै पुगेर माछाका भुरा खरिद गरी लग्ने गरेका छन् । “पहिला कोरोनाको सङ्क्रमण फैलिनुअघि २०० देखि ३०० बढी माछापालकले ह्चारीमा उत्पादित भुरा लैजाने गरेका थिए”, उनले भने, “हाल माछाका भुरा खरिद गर्ने पहिलेको तुलनामा आधाभन्दा पनि कम छन् ।” कोरोना सङ्क्रमण अघिसम्म माछापालकको सङ्ख्या ह्वातै बढेकोमा हाल त्यो सङ्ख्या घटदै गएको छ । दुई बिघा १० कठ्ठा जग्गा आफ्नै स्वामित्वको र पाँच बिघा अरुको जग्गा भाडामा लिएर उनले ह्याचरी सञ्चालन गरेका हुन्। जनज्योति मध्यवर्ती सामुदायिक वनको स्वामित्वमा रहेको प्राकृतिक ताल वार्षिक रु ३५ हजार भाडा तिर्ने गरी भाडामा लिएर उनले माछापालन गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा चौधरीले माछा स्रोत केन्द्र स्थापनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाएका छन् । प्रदेश सरकारबाट उपलब्ध रु १० लाख अनुदानमा रु १० लाख थपेर चौधरीले स्रोत केन्द्र स्थापना गर्न लागेका हुन् । स्रोत केन्द्र स्थापना भएपछि माछाका विभिन्न प्रजातिका भुरा उत्पादनसँगै माछासँग सम्बन्धित अनुसन्धानका कार्य गर्न सहज हुने उनले बताए । विसं २०५७ देखि कृषक चौधरीले निरन्तर रुपमा ह्याचरी सञ्चालन गरी माछाका भुरा उत्पादन गर्दै आएका छन् । उनले माछाको नश्ल सुधार, माछापालनसम्बन्धी तालिम समेत लिएका छन्। सुरुमा एउटै पोखरीमा माछापालनको कार्य थालेका उनले भारतीय व्यापारीले माछाका भुरा बेचेर मनग्य आम्दानी गरेको देखेपछि भारतीयको माछाका भुरा उत्पादन गर्ने ह्याचरी अवलोकन पश्चात जग्गा बैंकमा धितो राखेर ह्याचरी सञ्चालन गरेका हुन् । ह्याचरी सञ्चालन गरी माछाका भुरा उत्पादन गर्ने उनि यस क्षेत्रकै सफल किसानका रुपमा चिनिन्छन् । उनको फिस ह्याचरीमा स्पोनिङ ट्याङ्क एक, इंकुभेशन ट्याङ्क चार र होल्डिङ ट्याङ्क १५ छन् । माछाका माउ पाल्नका लागि कृषक चौधरीले सात पोखरी बनाएका छन् । ह्याचरीमा मजदुरसँगै चौधरी दम्पतिसँगै छोराले पनि साथ दिने गरेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …