SamwadKhabar logo

               

धर्मशास्त्र

बेलायतमा पनि बिस्का जात्रा मनाइयो

देवराज रिजाल

देवराज रिजाल

बेलायतमा पनि बिस्का जात्रा मनाइयो
२९ चैत्र, काठमाडौँ । लन्डन, पासा पुचः गुथी यूकेले आइतबार साउथ इस्ट लन्डनको प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा आयोजना गरेको जात्रामा नेवा तथा गैर नेवा समुदायका ८ सयभन्दा बढी नेपालीको सहभागिता रह्यो र पासा पुचः यूकेले हरेक दुई वर्षमा बेलायतमा गर्दै आएको नेवाः मुनाको अवसरमा यसपटक बिस्का जात्रा पनि गरिएको हो । जात्रामा गुथीका स्वयंसेवकहरुद्वारा लन्डनमै निर्माण गरिएका भैरव र भद्रकालीको रथ तानिएको थियो । सुरुमा परम्परागत शैलीमा रथ तानेर लिंगो ठड्याइएको थियो भने पछि फेरि रथ तान्दै लिंगो ढालेर रथ जुधाइएको थियो । रथ तानिएपछि कम्युनिटी हलमा आयोजित नेवा मुना, ने सं ११४२ लाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यले नेपालबाट यति टाढा आफ्नो देशको, क्षेत्रको, कला संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्नु उदाहरणीय भएको भन्दै बधाइ दिए । कार्यक्रमले नेपालको सांस्कृतिक महत्त्व एवं एकताको भावना प्रदर्शन गरेको राजदूतले बताए । बेलायतमा नेवाः कला संस्कृति, रितिथिति, परम्परा भेषभूषा, बाजागाजा, पर्व र जात्राहरु जगेर्ना गर्ने गुथिको उद्देश्य रहेको बिस्का जात्रा लन्डन व्यवस्थापक एवं पासा पुचः गुथी यूकेका उपाध्यक्ष सुशील प्रजापतिले बताए । प्रजापतिले भक्तपुरमा बिस्का जात्रामा हुलदंगा, ढुंगा हानाहान भए पनि लन्डनमा शान्तिपूर्ण रुपमा जात्रा गरिएको जनाउँदै भक्तपुरले पनि बेलायतबाट सन्देश लिओस् भन्ने कामना गरे । नेवा मुनाको संयोजन पासा पुच गुथी साउथ इष्ट लन्डनका अध्यक्ष माधवलाल श्रेष्ठले गरेका थिए । कार्यक्रममा भैरव नाच, हुलां प्याखं, महिला तथा बच्चाहरुले समेत परम्परागत धिमे बाजा, ढां बाजा प्रस्तुत गरेका थिए । सो अवसरमा शैक्षिक योग्यता हासिल गरेका विद्यार्थीलाई अवार्ड वितरण गरिएको थियो । नयाँ वर्षको आगमनसंगै तान्त्रिक विधिबाट मनाइने परापूर्वकालदेखि चलिआएको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्का ९बिस्केट० जात्रा लन्डनमा पनि निरन्तर गर्ने गुथीको योजना छ ।बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रा नयां वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुन्छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…