SamwadKhabar logo

               

धर्मशास्त्र

प्रसिद्ध घटाल जात्रा आज

देवराज रिजाल

देवराज रिजाल

प्रसिद्ध घटाल जात्रा आज
२ बैशाख, काठमाडौँ । डडेल्धुराको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइने भएको छ । अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताए । कोराना महामारीका कारण दुई वर्षदेखि लाग्न नसकेको जात्रा यस वर्ष मनाउन लागिएको उनले जानकारी दिए । समाजमा अशान्ति बढेमा वा खडेरी परेमा घटाल बाबाले मनोकामना पूरा गर्ने गरेको जनविश्वास छ । गत वर्ष कोरना महामारीबाट बच्न सबै भक्तजनलले घरबाटै घटाल बाबालाई सम्झे भने यस वर्ष परम्परागतअनुसार मनाइन लागेको मन्दिरका धामी विष्टले बताए । घटाल देवताको जात्राका दिन सबैका अगाडि धामीले बालुवा र पानी खाई भाग दिने गरेको शक्तिशाली देवताको महिमा अनौठो प्रकारको रहेको बताइन्छ । अरु वर्ष हजारौँको सङ्ख्यामा विभिन्न क्षेत्रबाट घटाल जात्रा हेर्ने र पूजा गर्नेकोे घुइँचो लाग्ने गरेको भए पनि गत वर्ष सीमित व्यक्तिबाट परम्परामात्रै जोगाइएको थियो । यस वर्ष भने मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट भक्तजन आउने उहाँले बताउनुभयो । विगतका दुई वर्ष कोरोना भाइरसका कारण मुलुकभर भएको लकडाउनका कारण भीडभाड गर्न उपयुक्त नहुने हुँदा विभिन्न कारिन्दासँगको समन्वयमा सीमित व्यक्तिबाट घटाल जात्राको पराम्परामात्रै जोगाइएको भए पनि यस वर्ष विधिवतरूपमा मनाइने अमरगढी–३ का वडाध्यक्ष गोविन्दराज बोहराले जानकारी दिए । घटाल देवतालाई डोट्याली राजा नागी मल्लकी सातौँ रानीले माइतबाट दाइजो मागेर ल्याएको किंवदन्ती छ । घटाल जात्राका लागि विभिन्न गाउँमा स्थानीयवासीको आ–आफ्नै रीत छ । चम्सालका बोहराको कलश, सिंहासन र निशान हुने तथा भगवती मरकट्टे गाउँका महरले डोली बोक्ने, मड्का साँदले छडी बोक्ने र हटिगाउँका दलितले दमाहा बजाउने चलन छ । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…