SamwadKhabar logo

               

अर्थ व्यवसाय

सुपारी आयात खुला गर्न सरकारलाई निर्देशन दिने तयारी

संवाद खबर

संवाद खबर

सुपारी आयात खुला गर्न सरकारलाई निर्देशन दिने तयारी
बैशाख २, काठमाडौं । व्यवस्थापिका संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य समितिले सुपारी आयात खुला गर्न दिन सरकारलाई निर्देशन दिने भएको छ । समितिले बनाएको उपसमितिको सुझाव अनुसार यस्तो निर्देशन दिन लागिएको हो । शुक्रबार पनि साना व्यवसायीसहित उद्योग मन्त्री एवं सचिवहरुसँग छलफल गरेको थियो । समितिकै निर्देशन अनुसार सरकारले सुपारी आयात रोक्दै आएको छ । सुपारी गुड्खा बनाउन प्रयोग गरिने कच्चा पदार्थ हो । यस्तै सुपारीको प्रयोग जन्ममृत्यु, पुजाआजालगायत धार्मिक एवं कर्म कार्यमा पनि प्रयोग गरिन्छ । सुपारी आयातलाई व्यवस्थित बनाइ आयात खुला गर्न सरकारलाई निर्देशन दिन लागिएको हो । समिति सभापति बिमल प्रसाद श्रीवास्तवले उपसमितिको अध्ययन प्रतिवेदन, उद्योगी एवं साना व्यवसायीहरुसँगको छलफलका आधारमा आयात खुला गर्न दिनुपर्ने निष्कर्षमा समिति पुगेको बताए । समिति सदस्य प्रकाश रसाइलीको संयोजकत्वमा एक अध्ययन समिति बनाइएको थियो । उपसमितिले गुड्खा उद्योगी, पान व्यवसायीलगायत सरोकारवालाहरुसँग छलफल एवं उद्योगहरुको अनुगमन गरेको रसाइलीले बताए । अध्ययन क्रममा नेपालमा सुपारीको माग कति हो भन्ने तथ्यांक नै सरकारसँग नभएको पाइएको उनले बताए । हचुवाको भरमा यसअघिको सरकारले निश्चित ट्रेडरलाई मात्रै सुपारी आयात गर्न दिएको पाइएको उनले बताए । “त्यसकै असर अहिले देखिएको छ । यसलाई व्यवस्थित गर्नुपर्छ । उद्योगी मर्नु भएन, मजदूर मर्नु भएन तर विचौलियालाई फस्टाउन पनि दिनुभएन” उनले भने, “आयातलाई व्यवस्थित गर्ने गरी आयात खुला गर्न दिए उद्योगीबाट राज्यलाई राजश्व आउँछ, मजदुरले रोजगारी पाउँछन्, बिचौलिया मौलाउन पाउँदैन ।” उनले निश्चित व्यापारीले सुपारी आयात गर्ने गरेको बताए । उनले नेपालमा सुपारीको प्रयोग विभिन्न संस्कार एवं धार्मिक कार्यमा प्रयोग हुँदै आएको बताए । उनले उद्योग मन्त्रालयले सुपारीको माग कति भन्ने अध्ययन गरी झापा, मोरङ, सुनसरीका क्षेत्रमा सुपारी उत्पादन बढाउन सहुलियत दिई सुपारी उत्पादनलाई प्रबद्र्धन गर्नसमेत आग्रह गरे । यस्तै उनले पान पसललाई करको दायरामा ल्याउन समेत आग्रह गरे । शुक्रबारको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निश्चित व्यापारीले सुपारी आयात गर्ने तर उद्योगहरुले नपाउने अवस्था रहेको बताए । सोही कारण उद्योगको क्षमता अनुुसार सुपारी आयातलाई व्यवस्थित गर्न खोजिएको उनले बताए । “उद्योगहरुले नै उनीहरुको क्षमता अनुसार सुपारी ल्याउन पाउनुपर्छ भन्ने सरकारको तयारी ठीक रहेछ । उद्योगका लागि चाहिने कच्चा पदार्थ आयात रोक्न हुँदैन भन्ने मान्यता सरकारको हो” उनले भने, “तर, अहिले विदेशी मुद्रा संचितीको अवस्थालाई समेत ध्यान दिनुपर्नेछ ।” समितिको यसअघिको निर्देशन अनुुसार सुपारी आयात रोकिएको भन्दै उनले समितिको निर्देशन एवं सुझाव अनुुसार अगाडि बढ्न तयार रहेको बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …