SamwadKhabar logo

               

शिक्षा

डोटिका विद्यार्थी भुईमा धुलोसँगै परिक्षा दिनुपर्ने बाध्यता

संवाद खबर

संवाद खबर

डोटिका विद्यार्थी भुईमा धुलोसँगै परिक्षा दिनुपर्ने बाध्यता
बैशाख २, काठमाडौं । डोटि जिल्ला शिखर नगरपालिका वडामा ११ मल्लीसातमा रहेको भगवति आधारभुत विद्यालयमा विद्यार्थी खुल्ला चौरमा धुलोसँगै परीक्षा दिन बाध्य भएका छन् । विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थी खुल्ला चौरमा भुई मै बसेर परिक्षा दिइरहेका हुन । विद्यालयमा कक्षा ४ देखि कक्षा ८ सम्मका ५० प्रतिशत विद्यार्थी पनि प्रयाप्त डेस्क नहुदाँ खुट्टामा नै पपेर राखी परीक्षा दिन बाध्य रहेको विद्यालयका शिक्षक रमेश बोहराले जनाए । उक्त विद्यालयमा मल्लीसात, किमाडा र ओलिगाउँका विद्यार्थी अध्ययनरत रहेका छन् । अहिले विद्यालयमा वार्षिक परिक्षा चलि रहेको छ । नेताहरु चुनाव लक्षिक कार्यक्रम गर्दा विद्यालयको स्तर उन्नतिका लागि सकारात्मक कदम चाल्नुे मिठो आशवासन दिदैं गरेपनि चुनान पछि विद्यालयको शिक्षा, गुणस्तरियता सम्बन्धी ध्यान नै दिदैन् । शिखर नगरपालिकाको वडा नं ११ मा माध्यमिक तहको विद्यालय नभएकाले सोही विद्यालयलाई मावि बनाउने भनि बेला बेला निरक्षणको क्रममा शिखर नगरपालिकाका प्रमुख सिताराम जोशिले आशवासन दिदै आइरहेको छन् । तर जोशिको ५ वर्ष कार्यकाल वित्नै लाग्दा समेत नगरपालिकाले विद्यालयका लागि आशवासन बाहेक सिन्को समेत नभाच्दा स्थानिय खिन्न समशुस गरी रहेका छन् । ८ कक्षा पास भइसकेपछि विद्यार्थी सिताराम उच्च माध्यमिक विद्यालय उच्चाकोट तथा भगवति माध्यमिक विद्यालय तलारामा जानु पर्ने कठिक अबस्था रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्ण सिंह विष्टले जानकारी दिए । साझ विहानको एक छाकको लागि भौतारिरहेको स्थानियले महंगो शुल्कमा भाडामा र होस्टेलमा बाहिरी बिद्यालयमा आफ्ना छोरा छोरीहरुलाई अध्ययन गराउन नसक्दा छोरीको विवाह र छोरालाई छिमेकी राष्ट्र भारतमा रोजगारीमा पठाउनु पर्ने बाध्यता रहेको छ । अहिले उक्त गाउँका ५० प्रतिशत भन्दा बढी युवा गाउँमा रहेको विद्यालयमा ८ पास गरी भारत जाने गरेका छन् । युवालाई स्वदेश मै सिर्जनात्मक तालिम सिकाई स्थानिय क्षेत्र मै उद्ययमि बनाउनु त परै को कुरा नगरपालिकाले विद्यालयको स्नतर उन्नतिमा एक नजर आखां समेत जादैन । भगवति आधारभुत विद्यालयमा विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले निजि श्रोतका शिक्षकलाई तलब प्रदान गर्न तथा विद्यालयको भौतिक विकासका लागि होली खेलेर रकम संकलन गर्दे आइरहेको स्थानिय गणेश रावल जानकारी दिए । भगवती आधारभूत विद्यालयमा नर्सरी देखी आठ कक्षा सम्म पठनपाठन हुदै आएको छ । वि.सं. २०३७ सालमा स्थापना भएको सो विद्यालयमा अहिले ९ जना शिक्षक र करिब ३ सय जना विद्यार्थीहरु रहेका छन् । विद्यालयमा ३ जना स्थायी शिक्षक, २ जना राहत शिक्षक, १ जना बाल विकास सहजकर्ता र ३ जना निजी शिक्षक कार्यरत छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…