SamwadKhabar logo

               

राजनीति

तनहुँमा एमाले र जोशीबीच चुनावी तालमेल गर्ने सहमति

संवाद खबर

संवाद खबर

तनहुँमा एमाले र जोशीबीच चुनावी तालमेल गर्ने सहमति
बैशख ४, काठमाडौं । तनहुँमा नेकपा एमाले र गोविन्दराज जोशीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र जोशी समूहबीच शनिबार भएको छलफलबाट तनहुँका सबै स्थानीय तहमा मिलेर उम्मेदवारी दिने सहमति भएको हो। जस अनुसार दमौली नगर क्षेत्र समेत रहेको ब्यास नगरपालिकामा जोशीका छोरा दिपकराज जोशीलाई मेयरमा एमालेले समर्थन गर्ने भएको छ । दिपकराज जोशीले कांग्रेसले टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको छ । चुनाव परिचालनका लागि दुवै पक्षबाट चारचार जना रहेको चुनाव परिचालन समिति पनि गठन गरिएको छ । २०७४ सालको निर्वाचनमा जोशीले रामचन्द्र पौडेल विरुद्ध अभियान चलाएको आरोपमा कांग्रेसले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । जोशीकै कारण पौडेल एमालेका किसान श्रेष्ठसँग पराजित हुनुभएको थियो । श्रेष्ठ भने अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लाग्नुभएको छ । तनहुँ कांग्रेसमा अहिले पनि पकड राख्ने जोशी समूहले एमालेसँग सहकार्य गर्दा कांग्रेसलाई यस पटक पनि अप्ठेरो हुनेछ । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलमा गडबडी देखिईरहेका बेला तनहुँमा पनि कांग्रेसको तालमेल अभियानमा संकट आईलागेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…