SamwadKhabar logo

               

धर्मशास्त्र

हिमालय मैत्री फाउण्डेशनारा सञ्चालित ३ महिने बौद्ध सम्भोटा शिक्षाको प्रारम्भिक कक्षा सम्पन्न

संवाद खबर

संवाद खबर

हिमालय मैत्री फाउण्डेशनारा सञ्चालित ३ महिने बौद्ध सम्भोटा शिक्षाको प्रारम्भिक कक्षा सम्पन्न
बैशाख ४, काठमाडौँ । हिमालय मैत्री फाउण्डेशन नेपालद्वारा सञ्चालित बौद्ध शिक्षा अन्तरगत  सम्भोटा प्रारम्भिक शिक्षाको सही उच्चारण कक्षा समापन गरेको छ । शनिवार बौद्ध स्थित फाउण्डेशनकै कार्यालयमा एक कार्यक्रम गरी भेन लिम से फोनको प्रमुख आतिथ्यता र हिमालय मैत्री फाउण्डेशनका संस्थापक श्रद्धेय धर्मगुरु खेन रिम्पोछे फूर्वादोर्जे लामा तामाङले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै श्रद्धेय धर्म गुरु खेन रिम्पोछे फूर्वादोर्जेले बौद्ध धर्मको अभ्यास र त्यसको जीवन उपयोगी बारे प्रवचन दिनुभयो । बौद्ध शिक्षाले मानव प्राणीलाई समाजमा जिउनका लागि शारिरिक तथा मानसिक रुपमा तयार पार्ने र व्यक्तित्व निर्माणमा सहयोग गर्ने रिम्पोछे तामाङले बताउनुभयो । धर्म अनुशासनको मार्गदर्शन गर्ने पाटो भएको बताउनुहुदै समाजको हीतका निम्ती काम गर्न सबैलाई सकारात्मक सन्देश प्रवाह गरिने बताउनुभयो । त्यस्तै हिमालय मैत्री फाउण्डेशनका अध्यक्ष धर्मगुरु आचार्य थुप्तेन लामा (अशोक घिसिङ) ले कार्यक्रमको सहजीकरण गर्दै बौद्ध शिक्षालाई जागारणको रुपमा अगाडी बढाउन प्रारम्भिक चरणको कक्षाहरु सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रममा फाउण्डेशन अन्र्तगत मैत्री जागारण क्लवका ४० जना विद्यार्थीलाई टिसर्ट समेत वितरण गरिएको थियो । विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई हरेक शनिवार बौद्ध शिक्षा र जीवन उपयोगी बारे कक्षा सञ्चालन गराउँदै आएको फाउण्डेशनका महासचिव आचार्य बुद्ध लामाले जानकारी दिनुभयो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…