SamwadKhabar logo

               

धर्मशास्त्र

धर्म निरपेक्ष घोषणा गर्नु र यसलाई समर्थन गर्नेहरू समेत देशका कलङ्क हुन ; शंकराचार्य

देवराज रिजाल

देवराज रिजाल

धर्म निरपेक्ष घोषणा गर्नु र यसलाई समर्थन गर्नेहरू समेत देशका कलङ्क हुन ; शंकराचार्य
६ बैशाख, काठमाडौँ । भारतको जगन्नाथ पुरीको गोवर्धन मठका पीठाधीश श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीले नेपालमा हिन्दु धर्म सनातनकालदेखि चल्दै आएको सनातनी परम्परालाई तोडी त्यसलाई राजनीतिक मुद्दा बनाएर धर्म निरपेक्ष घोषणा गर्नु कलङ्क हो र यसलाई समर्थन गर्नेहरू समेत देशका कलङ्क भएको बताउनु भयो । सोमबार विराटनगरमा आयोजित धर्म सभामा सहभागीहरूले राखेको प्रश्नको जवाफ दिंदै उनले संसारमा कुनै पनि कुरो निरपेक्ष छैन पानी, वायु, आकाश, अग्नि पनि निरपेक्ष नरहेको बताए । नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको सन्दर्भमा राखिएको प्रश्नसँगै अबको बाटो के लिनु पर्ने भन्ने जिज्ञाशा शंकराचार्य समक्ष राखिएको थियो । अब के गर्ने भन्ने विषयमा नेपाली जनताले नै निर्णय गर्नु पर्ने हुँदा आफूले केही नबोल्ने उनको भनाई थियो । सो सभामा जातीय परम्परा र छुवाछूतको विषयमा पनि शंकराचार्य समक्ष जिज्ञाशा राखिएकोमा जातीय परम्परा सनातन धर्मकै एक अंगको रूपमा रहेको स्पष्ट पार्दै आधुनिक समाजमा एउटा जातिले अर्को जातिको व्यवसाय अ“गाल्दै आएको वंश परम्परा अनुसार कुनै पनि जातिको पहिचान नरहेको बताए । सो अवसरमा विराटनगरवासीका तर्फबाट विराटनगर महानगरपालिका र शंकराचार्य स्वागत समितिका तर्फबाट छुट्टाछुट्टै अभिनन्दन गरिएको थियो । महानगरपालिकाका तर्फबाट भीम पराजुली र स्वागत समितिका तर्फबाट सुरेशकुमार शर्माले शंकराचार्यको अभिनन्दन गरेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…