SamwadKhabar logo

               

राजनीति

काँग्रेस एक्लै चुनाव लडे पनि गन्तव्यमा पुग्छ : डा. कोइराला

संवाद खबर

संवाद खबर

काँग्रेस एक्लै चुनाव लडे पनि गन्तव्यमा पुग्छ : डा. कोइराला
वैशाख ७, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस एक्लै लडे पनि गन्तव्यमा पुग्ने बताउनुभएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा. कोइरालाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेस एक्लै लडे पनि गन्तव्यमा पुग्ने आत्मविश्वास व्यक्त गर्नुभएको हो। नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। स्थानीय निर्वाचनमा गठबन्धन आवश्यक नभएको उहाँको भनाइ छ। ‘निर्वाचनमा आज के कारणले र किन हामी गठबन्धन गरेर अगाडि गइरहेका छौं ?’, डा. कोइरालाले प्रश्न गर्दै भन्नुभयो। गठबन्धनका शीर्ष नेताबीच चुनावी तालमेलको सहमति भएकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पार्टीको सिद्धान्त रहेको विषय उल्लेख गर्नुहुदै उहाँले निर्वाचनमा घर–घर गएर काँग्रेसको उम्मेदवार विजयी गराउन आह्वान गर्नुभएको छ। काँग्रेसको कुरा गर्दा बीपी कोइराला, किसुनजी, गणेशमान सम्झनुपर्ने उहाँको भनाइ छ। काँग्रेसको पृष्ठभूमि अरुभन्दा भिन्नै भएकोसमेत उहाँले सम्झना गर्नुभएको छ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…