SamwadKhabar logo

               

राजनीति

स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिन जनप्रतिनिधिद्वारा धमाधम राजीनामा

संवाद खबर

संवाद खबर

वैशाख १०, काठमाडौं। । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा आकांक्षी जनप्रतिनिधिले राजीनामा दिएका छन्। स्थानीय तहको मननोयन दर्ता गर्ने दिन नजिकिदै गएपछि उनीहरुले राजीनामा दिएको बताएका छन्। गुठीचौर गाउँपालिकाका १ वडाध्यक्ष गणेश ऐडीले पदबाट राजीनामा दिएका छन्। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष ऐडी अहिले नेकपा समाजवादी पार्टीमा आवद्ध छन्। उनी पुनस् वडाध्यक्षमै प्रतिष्प्रर्धा गर्न पदबाट राजीनामा दिएका छन्। यस्तै गुठीचौरकै कार्यपालिका सदस्य जनक थकाली, वडासदस्य प्रेम लामा र पदमराज गिरीले पनि राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए। कार्यपालिका सदस्यबाट राजीनामा दिएका थकाली नेकपा समाजबादी पार्टीबाट गुठीचौर गाउँपालिका अध्यक्ष पदमा लड्ने भएका छन् । गाउँपालिका अध्यक्षका लागि वडा कमिटीबाट निर्णय भएर आएको र पार्टीले निर्णय गर्न बाँकी रहेको पार्टी अध्यक्ष तिर्थ बुढाले बताए। त्यस्तै पातारासी गाउँपालिका२ का वडाध्यक्ष कन्न बोहराले पनि पदबाट राजीनामा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले बताए। पुनः वडाध्यक्ष पदमै लड्नका लागि राजीनामा दिएको बोहराले बताए । उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै सिंजा गाउँपालिका– १ का वडाध्यक्ष रणबहादुर रोकायाले पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए। त्यसैगरी ४ नम्बर वडाध्यक्ष धनबहादुर बुढा र वडासदस्य जक्तीराम बुढाले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष रोकाया नेमकिपा र बुढा एमालेबाट निर्वाचित भएका हुन्। वडाध्यक्षबाट राजीनामा दिएका रोकायाले गाउँपालिका अध्यक्षमा लड्ने पार्टीमा दावी गरेको बताए। त्यस्तै, तातोपानी गाउँपालिका–३ का वडाध्यक्ष डिल्ली रावल र गाउँकार्यपालिका सदस्य आदिप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए। त्यसैगरी चन्दननाथ नगरपालिका–६ का वडाध्यक्ष अजबहादुर रावल, कार्यपालिका सदस्य चन्द्रवति उपाध्याय, वडासदस्य भिमबहादुर रावत र बलबहादुर शाहीले पदबाट राजीनामा दिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन्। यसैबीच सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहितका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन्। सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख कमल प्रसाद भुसालसहित २१ जना जनप्रतिनिधिहरुले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राजीनामा दिएका हुन्। नगरप्रमुख भुसालले उपप्रमुख ठाकुर कुमार बिकसमक्ष राजीनामा दिएका हुन्। ९ जना वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुले दिएको राजीनामा स्वीकृत गरेपछि नगरप्रमुख भुसालले उपप्रमुखसमक्ष राजीनामा पेस गरेका थिए। नगरप्रमुख भुसाल नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। भुसाल नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखको भावी उम्मेदवारको रुपमा हेरिएको छ। यसैबीच ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेवारी दिनका लागि जिल्लाका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका छ्न्। लमजुङमा स्थानीय तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिन थालेका हुन्। लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले पनि वडाध्यक्ष पदबाट राजीनामा दिएका छ्न्। उनी पुनस् एमालेबाट वडाध्यक्षमा उठने भएका छ्न्। बिहीबार लमजुङको बेशिसहर नगरपालिका वडा नम्बर ५ का वडासदस्य प्रेम बहादुर तामाङले वडाध्यक्षमा उम्मेदवारी दिन वडा सदस्यबाट राजीनामा दिएका छन्। यस्तै बेसिसहर नगरपालिका ३ का वडासदस्य श्रीकान्त घिमिरेले पनि वडासदस्य पदबाट राजीनामा दिएका छ्न्। उनले बेसिशहर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन राजीनामा दिएको हुन्। उनीहरु दुबै जना नेपाली काग्रेसबाट उम्मेदवारी दिन लागेका हुन्। ११ वैशाखअघि नै पदबाट राजीनामा दिने तयारी भइरहेको जनप्रतिनिधिहरूले बताएका छन् । लमजुङमा ८ स्थानीय तहमध्ये ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन्। जिल्लामा ७५ वटा वडा छन्। त्यसैगरी जिल्लाका अन्य जनप्रतिनिधिहरूले पनि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पुनः उम्मेदवारी दिन पदबाट राजीनामा दिने तयारी गरिरहेका छन्।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…