SamwadKhabar logo

               

अर्थ व्यवसाय

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

देवराज रिजाल

देवराज रिजाल

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति
१३ बैशाख, काठमाडौँ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गरी सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु तीन हजार रूपैयाँ पुर्‍याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो। कोभिड–१९ पछि बिस्तारै चलायमान हुने सकारात्मक संकेत देखिन थालेको र पर्यटन आगमन क्रमशः बढ्न लागेको अवस्थामा सरकारी निकायबाट विभिन्न समस्या देखाउँदै बारम्बार पर्यटन व्यवसायलाई प्रतिकूल प्रभाव पार्ने गरी निर्णय भएकोमा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ। सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनसमेत नाट्टाका अध्यक्ष रमेश थापाले आग्रह गरेका छन्। नाट्टाले पर्यटन व्यवसायसँग सम्बन्धित नीति, नियम निर्माण गर्दा सरोकारवालासँग समन्वय गरी निर्णय लिनसमेत माग गरेको छ। रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …