SamwadKhabar logo

               

अर्थ व्यवसाय

नेपालको हवाई सुरक्षा दर वृद्धि

देवराज रिजाल

देवराज रिजाल

नेपालको हवाई सुरक्षा दर वृद्धि
१३ बैशाख, काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा माथि रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले आइकाओको अडिट टोलीले हालै गरेको एयर सेफ्टी अडिटबाट औसतभन्दा ३ प्रतिशत वृद्धि गर्दै नेपालको आकाश सुरक्षित रहेको सन्देश दिन सफल भएको बताउनुभयो । “आइकाओले गरेको नेपालको एयर सेफ्टी अडिटमा विश्वव्यापी औसत दरभन्दा बढी प्रगति गरेको छ । यसले नेपालको आकाश सुरक्षित रहेको र हवाई पूर्वाधारमा प्रगति गरेको सन्देश दिन्छ, यो प्राधिकरणका लागि मात्रै हैन देशकै लागि महत्वपूर्ण उपलब्धि हो”, महानिर्देशक अधिकारीले भन्नुभयो । सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार आजको मितिमा एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेकामा नेपालले यी दुवै औसत दरभन्दा माथि रही परिपालना दर ७० भन्दा बढी कायम गर्न सफल भएको हो । यसअघि नेपालको परिपालना दर ६७.०२ प्रतिशत थियो । हवाइ सुरक्षा प्रत्याभूति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्याङ्कन गर्दै आइकाओको अडिट टोलीले नेपालको सुरक्षा स्कोर बढाएको महानिर्देशक अधिकारीले बताउनुभयो । आइकाओको १० सदस्यीय सम्परीक्षण टोलीले यही अप्रिल १३ देखि २५ सम्म अडिट गरेको थियो । उक्त सम्परीक्षणको क्रममा आठ क्षेत्रमा नेपालले उडान सुरक्षाको नियामक निकायको हैसियतमा पालना गरे÷गराएका कार्य र तिनको विस्तृत प्रगति सम्बन्धमा जाँच गरिएको थियो । आफ्ना १९३ सदस्य राष्ट्रको उडान सुरक्षा निगरानीको स्तर मापन गरी निरन्तर सुधारमा टेवा दिने उद्देश्यले आइकाओले निरन्तर निगरानीको सिद्धान्त अवलम्बन गर्दै अडिट कार्यक्रम लागू गर्दै आएको छ । सन् २००९ मा सबै आठ क्षेत्रको सम्परीक्षण गरे पश्चातन सन् २०१३, २०१६, तथा २०१७ मा सम्परीक्षण दर ६६.७६ रहेकामा सन् २०२२ को अडिटको प्रारम्भिक नतिजाअनुसार कूल परिपालना दर ७०.१ प्रतिशत कायम भएको छ । नेपालमा सम्परीक्षणका क्षेत्रमा कानुनी, संस्थागत, व्यक्तिगत लाइसेन्स, उडान अप्रेशन, एयरओर्दिनेस, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउण्ड हयान्डलिङ र दुर्घटना अनुसन्धान छन् । यि आठ विषयमा आइकाओले अडिट गर्दै आएको छ । आइकाओको सूचीमा माथि उक्लिए पनि युरोपेली सङ्घको सुरक्षा सूचीबाट नेपालमाथि गरिएको हवाई प्रतिबन्ध हटेको छैन । नेपालको यो प्रगतीले आगामी दिनमा सकारात्मक सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । विसं २०७० मङ्सिरदेखि युरोपियन युनियनले हवाई सुरक्षा संवेदनशीलता जनाउँदै नेपाली जहाजलाई युरोपको आकासमा प्रतिबन्ध लगाएको छ । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …